सरकार भ्रष्टाचारमा जोडिएकालाई जोगाउन लाग्यो : कमल थापा « Khabarhub

सरकार भ्रष्टाचारमा जोडिएकालाई जोगाउन लाग्यो : कमल थापा


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले नक्कली भुटानी शरणार्थी काण्डमा संलग्नलाई जोगाउन खोजिएझैँ भिजिट भिसा प्रकरणलाई सामसुम पार्न खोजिएको आरोप लगाएका छन् । 

पार्टीको भातृ संगठन राष्ट्रिय किसान संगठन नेपालद्वारा आइतबार असार १५ धान दिवसमा आयोजित कार्यक्रममा बोल्दै थापाले यस्ता भ्रष्टाचारका काण्डको छानबिन र दोषीलाई कानुनको कठघरामा उभ्याउन जनताले बाध्य बनाउने बताए । 

थापाले नेपाललाई कृषि प्रधान देश भनिए पनि धान रोप्ने दिनको आधा समय बितिसक्दा पनि किसानले पर्याप्त रासायनिक मल नपाएको बताए ।  

किसान, मजदुर ,युवाहरूको पक्षमा सरकारले आशालाग्दो काम गर्न नसकेको उनले बताए । भ्रष्टाचार र ब्रह्मलुटमा सरकार लिप्त भएको थापाले उल्लेख गरे ।

जनताको सशक्त दबाबमा गिरिबन्धु टी स्टेट जग्गा, वाइडबडी जहाज खरिद, यती-ओम्नी काण्ड, माओवादी नक्कली लडाकु घोटाला लगायत भ्रष्टाचारका फाइल खोलिने र दोषीले उन्मुक्ति नपाउनेसमेत उनले दाबी गरे ।

२०८४ को निर्वाचनमा जनताले कांग्रेस, एमाले र माओवादीलाई कुनै हालतमा मत नदिने मनस्थिति बनाइसकेको भन्दै थापाले जनता विकल्पको खोजीमा रहेको बताए । 

राप्रपा नेपालले आफ्नो एजेन्डाबारे जनतालाई राम्रोसँग बोध गराई विकल्पका रूपमा प्रस्तुत गर्न सक्नुपर्ने आवश्यकता रहेको बताए । 

कार्यक्रममा राप्रपा नेपालका उपाध्यक्षहरू डाक्टर विष्णु भण्डारी , तेजकुमार कुरुङ्वाङ, महामन्त्री इन्द्र चित्रकार , किसान संगठनका अध्यक्ष डम्बर प्रसाद शिवाकोटी, ज्ञानेश्वर उपाध्याय लगायतले बोलेका थिए ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ५ : १६ बजे

बालेनले उद्योगमन्त्रीमा रोजे गणेश पराजुली, शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर जिम्मेवारीबाट

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,