विद्वान गुरुङ नेतृत्वको तरुण दल तदर्थ समिति भंग गर्न माग राख्दै पार्टी कार्यालयमा आमरण अनसन « Khabarhub

विद्वान गुरुङ नेतृत्वको तरुण दल तदर्थ समिति भंग गर्न माग राख्दै पार्टी कार्यालयमा आमरण अनसन


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महाधिवेशन गर्न असक्षम रहेको भन्दै तरुण दलको तदर्थ समिति भंगको मागसहित आमरण अनसन सुरू गरिएको छ ।सानेपास्थित कांग्रेस मुख्यालयमा तरुण केन्द्रीय सदस्यहरू रोजन राई र अम्बिका बास्कोटाले आमरण अनसन थालेका हुन् ।

 संगठनमा गुट उपगुट बनाई लम्जुङमा कार्यकर्तामाथि खुकुरी प्रहारजस्ता आपराधिक कार्य गरेको, भवन निर्माणको लागि विनियोजित बजेटबारे गलत प्रचार गरेर गणेशमान सिंह र सिंगो पार्टीलाई बदनाम र विवादित बनाएको, ५० भन्दा बढी जिल्लामा कार्यवाहकमाथि कार्यवाहकको जिम्मेवारी दिइएको उनीहरूको भनाइ छ ।

त्यस्तै २०७८ सालमै स्थानीय र आम चुनावको ३ महिनाभित्र महाधिवेशन गर्न निर्देशन दिएकोमा तदर्थ समितिले पटक पटक म्याद थप्दा पनि ३–३ वर्षसम्म एउटा पनि जिल्लाको अधिवेशन गर्न नसकेको, पार्टीको केन्द्रीय समितिले २०८१ चैत मसान्तदेखि दलको कार्यकाल स्वतः समाप्त हुने निर्णय गरेको कारण तदर्थ समिति भंग हुनुपर्ने जिकिर गरिएको छ ।

 कुनै पनि जिम्मेवारी पूरा गर्न नसक्ने संस्था वा व्यक्तिलाई पुरस्कार नभई दण्ड दिने परिपाटी बसाल्न उनीहरूले ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ५ : ४१ बजे

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन : घटनाअघि नै रोकथामको प्रयास

बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई

बन्दसत्रका एजेन्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरू