‘काँटा लगा’ मोडल शेफालीको अन्त्येष्टि गरियो, पोस्टमार्टम रिपोर्ट आउन बाँकी « Khabarhub

‘काँटा लगा’ मोडल शेफालीको अन्त्येष्टि गरियो, पोस्टमार्टम रिपोर्ट आउन बाँकी


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायक सलमान खान र अक्षय कुमार अभिनीत फिल्म ‘मुझ्से सादी करोगी’को आइटम गीत ‘काटा लगा’की मोडल शेफाली जरिवालाको पोस्टमार्टम रिपोर्ट अझै आएको छैन ।

मुम्बईको अन्धेरीस्थित आफ्नै घरमा शुक्रबार शेफाली अचेत अवस्थामा फेला परेकी थिइन् । परिवारले अस्पताल पुर्‍याउँदा उनले प्राण छोडिसकेको चिकित्सकहरूले बताएका थिए ।

परिवारले शनिबार उनको अन्त्येष्टिसमेत गरेको छ । उनको मृत्युको कारणबारे विभिन्न दाबीहरू सार्वजनिक भएको छन् । यद्यपि पोस्टमार्टम रिपोर्ट भने आउन बाँकी छ ।

बलिउड हंगामाले उल्लेख गरेका अनुसार आफूले नियमित लिँदै आएको औषधि सेवन गरेपछि शेफालीले असहज महशुस गरेकी थिइन् । त्यसपछि उनलाई श्रीमान्ले नजिकको अस्पताल लगेका हुन् ।

शेफालीले निधनको दिन दिउँसो एक इन्जेक्सन लिएको प्रहरीले अनुसन्धानबाट खुलेको छ । उनले ‘एन्टी एजिङ’ अर्थात् बुढ्यौली देख्नबाट रोक्ने एन्जेक्सन लिएको खुलेको हो ।

राति नियमित औषधि सेवन गरेपछि उनीमा रक्तचाप घट्ने समस्या देखिएको प्रहरीले बताएको छ । प्रहरीले उनको साथबाट विभिन्न औषधि फेला पारेको छ । प्रहरीले गोपनीयताका कारण ती औषधिहरू सार्वजनिक गर्न मानेको छैन ।

यद्यपि यो घटनामा कुनै शङ्कास्पद तथ्यहरू नदेखिएको प्रहरीले बताएको छ ।

कुपर अस्पतालमा उनको पोस्टमार्टम भएको हो । त्यहाँबाट रिपोर्ट आएपछि मात्रै उनको मृत्युको कारण सार्वजनिक गर्न सकिने प्रहरीले बताएको छ ।

शेफालीको ४२ वर्षको उमेरमा निधन भएको हो । उनी ‘बिग बोस सिजन १३’ को प्रतिस्पर्धीसमेत थिइन् । उनी गीत ‘काटा लगा’बाटै चर्चामा आएकी हुन् ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ६ : ०५ बजे

अमेरिका-साउदीले गरे आणविक सम्झौता: ऊर्जा सहकार्य कि नयाँ सुरक्षा जोखिम ?

काठमाडौँ – अमेरिका र साउदी अरेबियाबीच एक महत्त्वपूर्ण परमाणु सम्झौतामा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन ७ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन ७ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ७ गते बिहीबार सन् २०२६

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी