कांग्रेसले तय गर्‍यो केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा « Khabarhub

कांग्रेसले तय गर्‍यो केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले सोमबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको छ ।  

आइतबार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

केन्द्रीय कार्यसमिति बैठकमा मुख्यरुपमा गठबन्धनको सरकारका साथै भातृसंस्थाका बिषयमा छलफल हुने उनले बताए । केन्द्रीय कार्यसमितिमा केन्द्र सरकारमा रहेका मन्त्रीहरुका साथै प्रदेश सरकारमा सहभागी भएकाहरुले सरकारका कामकारवाहीका बारेमा जानकारी गराउने एजेण्डा तय भएको प्रवक्ता महतले जानकारी दिए ।

उनले क्रियाशिल सदस्यता बितरणका बारेमा समेत महामन्त्रीले जानकारी गराउने तय भएको उल्लेख गरे । 

त्यस्तै तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाका तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने भन्नेमा निर्णय लिने बताइएको छ । 

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ६ : २३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली