अर्थसंक्षेप : नेप्सेमा उच्च अंकको वृद्धि, चालु आर्थिक वर्षको १७ दिन बाँकी, पुँजीगत खर्च ४५ र आम्दानी ७३ प्रतिशतमा सीमित | Khabarhub Khabarhub

अर्थसंक्षेप : नेप्सेमा उच्च अंकको वृद्धि, चालु आर्थिक वर्षको १७ दिन बाँकी, पुँजीगत खर्च ४५ र आम्दानी ७३ प्रतिशतमा सीमित


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

नार्कका वैज्ञानिकलाई प्रश्न : नेपालमा कति जातका धान पाइन्छन् ?

जैविक विविधताको दृष्टिकोणले नेपाल विश्वमै धनीमध्येको मुलुक हो । नेपालमा हिमालदेखि तराईसम्मको भू–भाग र चिसोदेखि तातो हावापानीमा धानखेती गरिन्छ । तर, पछिल्लो समयमा कृषि क्षेत्र लक्षित गरेर विश्वव्यापी विकासित प्रविधिसँगै आएको हाइब्रिडका कारण नेपालका रैथाने धानका बिउ लोप हुँदै गएका छन् ।

नेपाल धेरै खाद्यान्न बालीका बिउमा परानिर्भर बन्दै गएको छ । जुन बिउहरूले दोस्रो पुस्ताको लागि बिउ उत्पादन गर्न सक्दैनन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले नेपालका कृषि क्षेत्रको विषयमा लामो समयदेखि विभिन्न बिउ बिजनको क्षेत्रमा अनुसन्धान तथा विकासको प्रयत्न गर्दै आएको छ ।
अहिलेसम्म तपाईंहरूको अध्ययनमा नेपालमा कति जातका धानको बिउ पाउनुभएको छ ?

हामीले २५ सय जति स्थानीय जातका धान संकलन गरेर राखेका छौँ । ती खुमलटारमा बिउ बैंकमा सुरक्षित छन् । धानका लागि नेपाल सेन्ट्रल डाइभर्सिटी भएको ठाउँ हो, त्यसैले यहाँ धेरै जाति पाइन्छ ।

अब धनीका बच्चालाई निजी स्कूल, गरिबलाई सार्वजनिक !

नेप्सेमा उच्च अंकको वृद्धि, आइतबार बजार २६ अंकले बढ्यो

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले वृद्धि भएको छ । नेप्से २६.५३ अंकले बढेर २६२२.२८ विन्दुमा पुगेको छ । आइतबार नेप्से १.०२ प्रतिशतले बढेको छ ।

दिनभरमा ७ अर्ब १२ करोड १७ लाख ३६ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता शेयर कारोबार भएको छ ।


आइतबार १८५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य स्थिर भने रहेको छैन ।

दिनभरमा ३२८ वटा कम्पनी कारोबारमा आउँदा ७४ हजार ७५२ पटक शेयर किनबेच भएको छ ।

नेपाली कहिले धेरै भात खान्छन्, कहिले कम !

धान नेपालीको प्रमुख खाद्यबाली हो । आन्तरिक उत्पादनले नथेग्ने भएपछि नेपालले वर्षेनी अर्बौँ रुपैयाँ बराबरको धानचामल आयात गर्ने गर्छ ।

राज्यको औपचारिक तथ्याङ्क विश्लेषण गर्दा नेपालीको भात खाने तरिका अचम्मको देखिन्छ । नेपालीले कुनै वर्ष निकै धेरै भात खान्छन् त कुनै वर्ष निकै कम !

भन्सार विभागको पछिल्लो पाँच वर्षको तथ्याङ्क केलाउँदा नेपालमा धानचामल आयातको अवस्था निकै उतारचढावयुक्त छ । कुनै वर्ष नेपालमा निकै धेरै परिमाणमा धानचामल आयात भएको छ भने कुनै वर्षमा निकै कममात्रै भित्रिएको छ ।

धानचामल व्यापारमा कालो बजारी र भन्सार छलीलाई बिर्सँदा, विभागको तथ्याङ्कले नेपालीको भात खाने प्रवृत्ति निकै अस्थिर भएको देखाउँछ ।

नेपालमा कमोडिटी मार्केट : कुरा धेरै, काम शून्य !

नेपालमा असार १५ गते दही–चिउरा खाएर धान रोप्ने चलन पूर्वकालदेखि नै छ । मानो रोपेर मुरी फलाउने मान्यतासहित नेपालमा सदियौंदेखि सांस्कृतिक परम्पराका रुपमा यो पर्व आयोजना हुँदै आएको छ ।

सन् २००० र २००१ मा फुड एण्ड एग्रिकल्चर अर्गनाइजेशन अफ द युनाइटेड नेशन (एफएओले) ३१औं धानको अन्तर्राष्ट्रिय अनुमोदन वर्ष आयोजना गर्‍यो । नेपाल सरकारले पनि सन् २००४ जुन २९ (असार १५ गते) लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने निर्णय गर्‍यो ।

राष्ट्रिय धान दिवसका रुपमा मनाउन सुरु गरिएको असार १५ मा धानको दीर्घकालीन उत्पादन वृद्धि गर्ने, खाद्य सुरक्षा र वातावरण संरक्षण गर्ने र धानमा आत्मनिर्भर भई गरिबी निवारण गर्ने उद्देश्य रहिआएको छ ।

नेपालमा वि.सं.२०१८ सालदेखि केन्द्रीय तथ्याङ्क विभागले हरेक दश वर्षमा राष्ट्रिय कृषि गणना कार्यक्रम सञ्चालन गर्दै आएको छ । मुलुकको सातौं कृषि गणना २०७९ अनुसार नेपालमा ५०.१ प्रतिशत नागरिक कृषक पेशामा आबद्ध छन् ।

चालु आर्थिक वर्षको १७ दिन बाँकी, पुँजीगत खर्च ४५ र आम्दानी ७३ प्रतिशतमा सीमित

चालु आर्थिक वर्ष सकिन अब १७ दिन मात्रै बाँकी छ । तर, सरकारले आम्दानी र खर्च दुवैको लक्ष्य हासिल गर्न नसक्ने देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको असार १४ गतेसम्मको तथ्यांकअनुसार सरकारले लक्ष्यको जम्मा ७३.३३ प्रतिशत मात्रै आम्दानी गरेको छ भने ७२.७७ प्रतिशत मात्रै खर्च गरेको छ ।

समीक्षा अवधिसम्म सरकारको अनुदान सहायताको लक्ष्य र पुँजीगत खर्चको लक्ष्य प्राप्तिको अवस्था निकै कमजोर देखिएको छ । तथ्यांकअनुसार समीक्षा अवधिसम्म सरकारले अनुदान सहायता ३७.६१ प्रतिशत मात्रै प्राप्त गरेको छ भने पुँजीगत खर्च ४४.७६ प्रतिशत गरेको छ ।

चालु आर्थिक वर्षमा सरकारले ५२ अर्ब ३२ करोड ६५ लाख अनुदान सहायता प्राप्त गर्ने लक्ष्य तय गरेको थियो । समीक्षा अवधिसम्म जम्मा १९ अर्ब ६८ करोड २० लाख मात्रै प्राप्त गरेको छ ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ७ : १२ बजे

भारतको मेगा चिडियाखाना पुनः पशु अधिग्रहण विवादको केन्द्रमा

बैङ्कक– भारतको विशाल मेगा–चिडियाखाना भान्तारा फेरि विवादको घेरामा परेको छ ।

‘के–फुड’ कार्यक्रम सम्पन्न

काठमाडौं– कोरियामा कामको अनुभव लिएका तथा कोरिया सरकारको छात्रवृत्तिमा अध्ययन

अदालतमा विचाराधीन रविको मुद्दाबारे रास्वपा भन्छ : ४० लाख जनताले प्रतिशोध र अन्यायपूर्ण भनिसके

काठमाडौं- विभिन्न पाँचवटा सहकारीमा भएको रकम हिनामिना प्रकरणमा मुछिएका सभापति

विपन्न चेपाङ समुदायलाई न्यानो कपडा वितरण

दमौली– व्यास नगरपालिका–११ राम्चे ओडारेका विपन्न चेपाङ समुदायलाई न्यानो कपडा

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

राँझा– सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार कम्पनीको लापरबाहीले