लाओसको पोष्टमा नेपालको गोल वर्षा, साम्बा एक्लैले गरिन् चार गोल « Khabarhub

लाओसको पोष्टमा नेपालको गोल वर्षा, साम्बा एक्लैले गरिन् चार गोल


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा नेपालकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले चार गाेल गरेकी छन् ।

उज्वेकिस्तानको पख्तखोर स्टेडियममा जारी खेलमा साम्बाले चार गाेल गर्दै नेपाललाई ७–० को अग्रता दिलाएकी हुन् ।

यसअघि नेपालका लागि अनिता बस्नेत, रश्मि कुमारी घिसिङ र सरु लिम्बूले एक एक गोल गरेका थिए । पहिलो हाफमा २–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा लगातार चार गोल गरेको हो ।

खेलको ११ औँ मिनेटमा अनिताको गोलमार्फत नेपालले सुरुवाती अग्रता लिएको थियो । आजको खेलमार्फत नेपाली महिला टोलीले १०० औं अन्तराष्ट्रिय खेल पूरा गरेको छ ।

साथै आजको खेलमा नै सावित्राले पहिले पटक नेपाली टिमको कप्तानी सम्हालेकी छिन् । उनी नेपालको फुटबल इतिहासकी ११ औँ कप्तान बनिन् ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ७ : ५५ बजे

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६