लाओसको पोष्टमा नेपालको गोल वर्षा, साम्बा एक्लैले गरिन् चार गोल « Khabarhub

लाओसको पोष्टमा नेपालको गोल वर्षा, साम्बा एक्लैले गरिन् चार गोल


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा नेपालकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले चार गाेल गरेकी छन् ।

उज्वेकिस्तानको पख्तखोर स्टेडियममा जारी खेलमा साम्बाले चार गाेल गर्दै नेपाललाई ७–० को अग्रता दिलाएकी हुन् ।

यसअघि नेपालका लागि अनिता बस्नेत, रश्मि कुमारी घिसिङ र सरु लिम्बूले एक एक गोल गरेका थिए । पहिलो हाफमा २–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा लगातार चार गोल गरेको हो ।

खेलको ११ औँ मिनेटमा अनिताको गोलमार्फत नेपालले सुरुवाती अग्रता लिएको थियो । आजको खेलमार्फत नेपाली महिला टोलीले १०० औं अन्तराष्ट्रिय खेल पूरा गरेको छ ।

साथै आजको खेलमा नै सावित्राले पहिले पटक नेपाली टिमको कप्तानी सम्हालेकी छिन् । उनी नेपालको फुटबल इतिहासकी ११ औँ कप्तान बनिन् ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ७ : ५५ बजे

तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका