मोदी पाँच देशको भ्रमण सकेर फर्के, चार देशबाट सर्वोच्च सम्मान « Khabarhub

मोदी पाँच देशको भ्रमण सकेर फर्के, चार देशबाट सर्वोच्च सम्मान


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पाँच देशको भ्रमण गरी फर्किएका छन् । उनलाई पाँचमध्ये चार देशले त उक्त देशको सर्वोच्च सम्मान प्रदान गरेका छन् ।

उनी गत जुर्ला २ देखि ९ जुलाईसम्म पाँच देशको भ्रमणमा रहेका थिए । उनी आठ दिनको विदेश भ्रमणपछि बिहीबार स्वदेश फर्केका छन् ।

घानाबाट शुरु भएको उनको विदेश भ्रमण नामिबिया आएर टुंगिएको थियो । सो क्रममा उनी घाना, त्रिनिडाड एन्ड टोबागो, अर्जेन्टिना, ब्रजिल र नामिबिया गएका थिए ।

उनको तीन अफ्रिकी देशहरु घाना, ट्रिनिडाड एन्ड टोबागो र नामिबियाको भ्रमण ग्लोबल साउथका लागि सशक्त भएको दाबी गरिएकोक छ ।

उनको घाना भ्रमण कुनै पनि भारतीय प्रधानमन्त्रीले तीस वर्षमा गरेको यो पहिलो भ्रमण थियो ।

मोदीले अहिलेसम्म २७ देशबाट त्यहाँको सर्वोच्च सम्मान प्राप्त गरेका छन् । उनी सबैभन्दा धेरै सर्वोच्च सम्मान पाउने पहिलो भारतीय प्रधानमन्त्री हुन् ।

उनले सन् २०१४ देखि भारतको प्रधानमन्त्रीको कुर्सी सम्हालिरहेका छन् । उनी लगातार तेस्रो पटक प्रधानमन्त्री बनेका छन् ।उनको प्रख्याति विश्वभर छ ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  २ : २० बजे

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता