आज २०८२ साल साउन १३ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल साउन १३ गते मंगलबारको राशिफल


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन १३ गते मंगलबार। साउन शुक्ल पक्षको पन्चमी तिथि। आज नाग पन्चमी। तदनुसार सन् २०२५ जुलाई २९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। आफन्त टाढा पुग्नेछन्। बोलीमा सतर्कता अपनाउनुपर्नेछ। व्यापार व्यवसायमा घाटा हुनेछ। परिवारमा एक्लोपन महसुस हुनेछ। स्वास्थ्यमा समस्या हुनसक्छ। मनमा चिन्ता बढ्नेछ।

वृष : दिन राम्रो छ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। राजनीतिमा प्रगति हुनेछ। मित्र बढ्नेछन्। परिवारमा मेलमिलाप हुने योग छ।

मिथुन : दिन सामान्य छ। आफ्नै बोलीका कारणले समस्यामा पर्ने जोखिम रहेकाले बोल्दा सचेत बन्नुहोला। परिवारमा मनमुटाव हुनसक्छ। बन्धुसँग गरेको सहकार्यले व्यापारमा फाइदा हुनेछ। राजनीतिमा हात नहाल्नु उपयुक्त हुनेछ।

कर्कट : दिन राम्रो छ। सोचेको काम बन्नेछ। आज पश्चिमको दुईपाङ्गे यात्रामा नजानु होला। इष्टमित्रको साथ मिल्नेछ। कारोबारमा भने घाटा लाग्ने भएकाले सचेत बन्नु उपयुक्त हुन्छ।

सिंह : दिन राम्रो छ। बोली र व्यवहारमा एकरुपमा कायम गर्न सके काम बन्नेछ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक रमझममा मन जानेछ। परिवारमा समय दिनुपर्ने दिन छ।

कन्या : दिन राम्रो छ। आज दीर्घकालीन योजना बन्नेछन्। ठूला व्यक्तिको सहयोगबाट गरेको काममा फाइदा हुनेछ। परिवारमा घुमघामको योजना बन्नेछ।

तुला : दिन सामान्य छ। अरुको काममा धेरै समय खर्चनुपर्नेछ। स्वास्थ्यमा समस्या देखिन सक्छ। शिक्षाको क्षेत्रमा सन्तोषजनक नतिजा प्राप्त हुनेछ। प्रशंसा गर्ने बढ्नेछन्। स्वदेशमै विकल्प देखिनेछ।

वृश्चिक : दिन राम्रो छ। आम्दानीको स्रोत बलियो बन्नेछ। शिक्षामा गरेको अथक प्रयासले सार्थकता पाउनेछ। आफ्ना र आफन्तसँग तर्क नगर्नु राम्रो हुनेछ। परिवारको साथ सहयोग प्राप्त हुनेछ। स्वास्थ्यमा सुधारका लागि खानपानमा विशेष ख्याल गर्नुपर्नेछ।

धनु : दिन राम्रो छ। संयुक्त लगानीबाट फाइदा हुनेछ। दाम्पत्य जीवनमा भने खटपटी आउन सक्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीले उत्साह थपिनेछ। धार्मिक कार्यमा मन जानेछ।।

मकर : दिन सामान्य छ। राजनीतिक क्षेत्रमा घेराबन्दी हुनेछ। आलोचना गर्नेहरु बढ्नेछन्। परिवार र आफन्तको भने राम्रो साथ मिल्नेछ। स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले खानपानमा सचेत हुनुपर्नेछ।

कुम्भ : दिन सामान्य छ। आज अनावश्यक यात्रामा समय खर्च हुनेछ। शिक्षामा आशिंक लाभ मिल्नेछ। परिवारभन्दा बाहिरबाट साथ मिल्नेछ। दाम्पत्य जीवनमा केही सकारात्मक साथ मिल्नेछ।

मीन : दिन राम्रो छ। शिक्षाको क्षेत्रका सुधारका संकेत देखिनेछन्। बोल्दा सचेत हुनुपर्नेछ। परिवारको साथ सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ५ : ०९ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले