युक्रेनसँग युद्धविराम गर्न ट्रम्पले रुसलाई दिए ‘डेट लाइन’ « Khabarhub

युक्रेनसँग युद्धविराम गर्न ट्रम्पले रुसलाई दिए ‘डेट लाइन’


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

स्कटल्यान्ड – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई युक्रेनसँग युद्ध विराम गर्नका लागि १० देखि १२ दिनको नयाँ ‘डेट लाइन’ दिएका छन्। राष्ट्रपति ट्रम्पले शान्तिका लागि गरिएका प्रयास खेर गइरहेको तथा समय त्यत्तिकै बितिरहेको समयमा धेरै कुर्नु आवश्यक नरहेको बताएका हुन्।

दुई साता अघि राष्ट्रपति ट्रम्पले रुसलाई युक्रेनसँगको युद्ध विरामका लागि ५० दिनको समय दिँदै नयाँ प्रतिबन्धको चेतावनी पनि दिएका थिए। स्कटल्यान्डमा भएको पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले सोमबार या मङ्गलबार नयाँ कर तथा प्रतिबन्धको बारे पनि घोषणा गर्ने बताए।

यसअघि जुलाई महिनामा ट्रम्पले रुससँग कारोबार गर्ने कुनै पनि देशको सामानमा ५० प्रतिशत कर लगाउने घोषणा गरेका थिए। यसले अमेरिकाका अन्य सामानको तुलनामा ती सामान महँगो हुने तथा रुस र त्यस देशसँग कारोबार गर्ने देशको सामान बिक्री हुन छाड्ने छन्।

स्कटल्यान्डमा बेलायती प्रधानमन्त्री केइर स्टेइमरसँगको छोटो वार्तामा ट्रम्पले रुसले युक्रेनमा आक्रमण जारी राखेकोमा आफ्नो असन्तुष्टि रहेको बताए।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ६ : १२ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले