युक्रेनसँग युद्धविराम गर्न ट्रम्पले रुसलाई दिए ‘डेट लाइन’ « Khabarhub

युक्रेनसँग युद्धविराम गर्न ट्रम्पले रुसलाई दिए ‘डेट लाइन’


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

स्कटल्यान्ड – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई युक्रेनसँग युद्ध विराम गर्नका लागि १० देखि १२ दिनको नयाँ ‘डेट लाइन’ दिएका छन्। राष्ट्रपति ट्रम्पले शान्तिका लागि गरिएका प्रयास खेर गइरहेको तथा समय त्यत्तिकै बितिरहेको समयमा धेरै कुर्नु आवश्यक नरहेको बताएका हुन्।

दुई साता अघि राष्ट्रपति ट्रम्पले रुसलाई युक्रेनसँगको युद्ध विरामका लागि ५० दिनको समय दिँदै नयाँ प्रतिबन्धको चेतावनी पनि दिएका थिए। स्कटल्यान्डमा भएको पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले सोमबार या मङ्गलबार नयाँ कर तथा प्रतिबन्धको बारे पनि घोषणा गर्ने बताए।

यसअघि जुलाई महिनामा ट्रम्पले रुससँग कारोबार गर्ने कुनै पनि देशको सामानमा ५० प्रतिशत कर लगाउने घोषणा गरेका थिए। यसले अमेरिकाका अन्य सामानको तुलनामा ती सामान महँगो हुने तथा रुस र त्यस देशसँग कारोबार गर्ने देशको सामान बिक्री हुन छाड्ने छन्।

स्कटल्यान्डमा बेलायती प्रधानमन्त्री केइर स्टेइमरसँगको छोटो वार्तामा ट्रम्पले रुसले युक्रेनमा आक्रमण जारी राखेकोमा आफ्नो असन्तुष्टि रहेको बताए।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ६ : १२ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन