कोशी, बागमती र गण्डकीका केही भूभागमा भारी वर्षाको सम्भावना « Khabarhub

कोशी, बागमती र गण्डकीका केही भूभागमा भारी वर्षाको सम्भावना


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको छ ।

महाशाखाका अनुसार अहिले देशभर साधरणतया बदली रहेको छ । कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती र लुम्बिनीलगायत देशका पहाडी भूभागका धेरै स्थान तथा तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

यस्तै, आज राति लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ । लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागका केही स्थान तथा तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

केही प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ५ बजेर २५ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५५ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ६ : ३६ बजे

सुदूरपश्चिममा आज बिरुडा धोएर गौरापर्व मनाइँदै

कञ्चनपुर– गौरा पर्वको आज दोस्रो दिन बिरुडा धोएर न्यालाको गौरा

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ

डार्विनमा नेपाली ब्याटर, तास्मानियालाई दियो १९३ रनको लक्ष्य

काठमाडौँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली पुरुष क्रिकेट टोली अभ्यास

भोटेकोसी बाढीमा बेपत्ता एकै परिवारका पाँच जनाको अन्तिम संस्कार गरिँदै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा

भोटेकोसी बाढी अपडेट: एक हजार १२६ शव फेला, झण्डै पाँच हजार अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोसी बाढीमा परिहालसम्म एक हजार १२६ वटा