काठमाडौं– पछिल्लो समय चितवनसहितका स्थानमा लोडसेडिङ भएको समाचार आइरहेका छन् ।
बिजुली जाने क्रम बढिरहेको भन्दै उपभोक्ताले ऊर्जामन्त्री दीपक खड्का र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको आलोचना गरिरहेका छन् ।
आलोचना चिर्न कार्यकारी निर्देशक शाक्य सोमबार चितवनको स-स्टेशनमा काठमाडौंबाट आफैँ खटिए । उता ऊर्जामन्त्री खड्का पनि सुदूरपश्चिम क्षेत्रका सव-स्टेशनको स्थलगत निरीक्षमा लागिरहेका छन् ।
चितवनसहितका विभिन्न स्थानमा पछिल्लो समय लोडसेडिङ बढ्दै गएको गुनासो सार्वजनिक भइरहेका बेला ऊर्जा मन्त्री खड्का र नेपाल विद्युत् प्राधिकरण (नेविप्रा) का कार्यकारी निर्देशक शाक्य आफैं विभिन्न स्थानका सव-स्टेशन अनुमगनमा जुटेका हुन् ।
बिजुली जाने क्रम तीव्र भएको भन्दै चितवन लगायतका बासिन्दाले सामाजिक सञ्जालमा असन्तुष्टि पोखिरहेका छन्।
आलोचनालाई चिर्न कार्यकारी निर्देशक शाक्य स्वयम् सोमबार चितवनस्थित स-स्टेशनमा निरीक्षणका लागि काठमाडौंबाट खटिएका छन्।
उता ऊर्जा मन्त्री दीपक खड्का पनि सुदूरपश्चिम प्रदेशका विभिन्न सव-स्टेशनको स्थलगत निरीक्षणमा व्यस्त छन्।
ऊर्जा मन्त्री खड्काले मंगलबार सामाजिक सञ्जालमार्फत लम्कीचुहामा रहेको प्रसारण ग्रिडको निरीक्षणबारे जानकारी दिएका छन्।
‘लोडसेडिङ देशभर छैन। हामी ७०० देखि ८०० मेगावाट भारत र ४० मेगावाट बंगलादेशमा दैनिक विद्युत् निर्यात गर्दैछौं’, उनले भने, ‘तर बेला-बेलामा देखिने ट्रिपिङका कारण जनताले भोग्नुपर्ने दुःख हटाउन निर्देशन दिइरहेका छौं।’
मन्त्री खड्काले कैलालीको लम्कीचुहा नगरपालिस्थित १३२/३३/११ केभी सव-स्टेशनको निरीक्षण गरेको जानकारी दिएका छन्। कैलाली, बर्दिया र सुर्खेत लगायतमा ट्रिपिङ समस्या समाधान गर्दै भरपर्दो विद्युत् सेवा दिन निर्देशन दिइएको उनले बताए ।
ऊर्जा वितरण प्रणालीलाई समयअनुकूल बनाउने दिशामा मन्त्रालयको पूर्ण सहयोग रहने उनले बताए । मन्त्री खड्काले २४ घण्टा विद्युत् आपूर्ति सुनिश्चित गर्ने गरी काम गर्न पनि प्राधिकरणका कर्मचारीलाई निर्देशन दिएका छन् ।



प्रतिक्रिया