भारतमा सडक दुर्घटना, १८ हिन्दु तीर्थयात्रीको मृत्यु | Khabarhub Khabarhub

भारतमा सडक दुर्घटना, १८ हिन्दु तीर्थयात्रीको मृत्यु


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – मंगलबार पूर्वी भारतमा मंगलबार हिन्दु तीर्थयात्री बोकेको बस खाना पकाउने ग्यास सिलिन्डर भरिएको ट्रकसँग ठोक्किएपछि कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

झारखण्ड राज्यको घटनास्थलबाट प्राप्त दृश्यहरूले बसको भग्नावशेष देखाएको छ । यसको पछाडिको भाग लगभग पूर्ण रूपमा जलेको थियो । स्थानीय सांसद निशिकान्त दुबेले तीर्थयात्रीहरू उपमहाद्वीपमा मनसुनको सुरुआतसँगै पवित्र श्रावण महिना मनाउन हिन्दु तीर्थस्थलतर्फ जाँदै गरेको बताए।

‘बस र ट्रक दुर्घटनामा १८ जना भक्तको ज्यान गएको छ’, दुबेले सामाजिक सञ्जालमा भने । तीर्थयात्रीहरूले संहारका हिन्दु देवता भगवान् शिवलाई अर्पण गर्न गङ्गाबाट पवित्र पानी बोकेका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ‘ज्यान गुमाउने भक्तहरूका परिवारजनहरूप्रति गहिरो समवेदना’ व्यक्त गरे ।

उनको कार्यालयले सामाजिक सञ्जालमा भनेको छ, ‘झारखण्डको देवघरमा भएको सडक दुर्घटना अत्यन्त दुःखद छ ।’

आधिकारिक तथ्यांकअनुसार भारतमा हरेक वर्ष सडक दुर्घटनामा दशौँ हजार मानिस मर्छन् । सन् २०२३ मा सडक दुर्घटनामा एक लाख ७२ हजारभन्दा बढीको मृत्यु भएको यातायातमन्त्री नितिन गडकरीले संसद्लाई बताए।

गत नोभेम्बरमा एउटा बस उत्तरी राज्य उत्तराखण्डमा गहिरो हिमाली खोँचमा खस्दा कम्तीमा ३६ यात्रुको मृत्यु भएको थियो भने अन्य धेरै घाइते भएका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  २ : ०९ बजे

अमेरिकी प्रष्टिकरण : भारतमाथिको प्रतिबन्ध रूसलाई दबाब बढाएर युद्ध रोक्न

नयाँदिल्ली- अमेरिकाले भारतमाथि लगाइएको प्रतिबन्धले रसियालाई युक्रेन युद्ध रोक्न दबाब

लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको छ : मन्त्री पाण्डे

कीर्तिपुर– पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनमा निजी

अस्ट्रेलियाका २५ हलमा लाग्दै ‘माग्ने राजा’

काठमाडौं – केदार घिमिरे ‘माग्ने बूढा’ शीर्ष भूमिकामा रहेको फिल्म

नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य

काठमाडौं– अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजअन्तर्गत आफ्नो

लोमान्थाङमा खुल्यो ‘सङ्ग्रहालय’

मुस्ताङ– उत्तरी चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित पर्खालले