लागूपदार्थसहित २३ जना पक्राउ | Khabarhub Khabarhub

लागूपदार्थसहित २३ जना पक्राउ


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बितेका २४ घण्टामा देशका विभिन्न भागबाट लागूपदार्थसहित २३ जना पक्राउ परेका छन् । 

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ, ललितपुर, झापा, कैलाली, कञ्चनपुर, सप्तरी, कास्की, स्याङ्जा, सुनसरी, मकवानपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो । 

 काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जना, भद्रपुर नगरपालिका–५ मेचीपुलबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ बोकेका दुई जना, कञ्चनपुरको बेलौरी नगरपालिका–६ नकैयाबाट दुई जना कैलालीको धनगढी उपमहानगरपालिका–२ बाट दुई जना, धनगढी उपमहानगरपालिका–१४ खुटिया टोलबाट दुई जनालाई पक्राउ गरिएको हो । 

सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौना बस्ने २७ वर्षीय रामकुमार साहलाई दुई किलो २५ ग्राम गाँजासहित एक जना,ललितपुर, महालक्ष्मी नगरपालिका–१ इमाडोलबाट दुई जना, पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्कबाट एक, स्याङ्जा, गल्याङ नगरपालिका–१ राम्दिबाट एक जनालाई लागूऔषधसहित पक्राउ गरिएको जनाइएको छ ।  
    
यसैगरी, सुनसरीको बराहक्षेत्र नगरपालिका–७ किरात चोकबाट सात जना, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१३ आदामारबाट एक जना पक्राउ परेका समाचारकक्षको आज दिउँसोको समाचार बुलेटिनमा उल्लेख छ । 

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  २ : २२ बजे

हुम्लाको बडखोलामा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

हुम्ला– हुम्लाको सर्केगाड गाउँपालिका–१ भएर बग्ने तुम्च बडखोलामा पुल नहुँदा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयरधनीका नाममा

म्युचुलअ फण्डलाई बिक्री गरेको क्रेस्ट लाइफको लकइन असोजमा सकिने

काठमाडौं – क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले म्युचुअल फण्डलाई बिक्री

बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

कैलाली– बल्चौरका तीर्थ बादीलाई मादल बनाउने चटारो छ । सखारै

हाथवे इन्भेष्टमेन्टले १२ प्रतिशत बोनस दिने

काठमाडौं – हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२