सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी एक–आपसमा ठोक्किएर दुर्घटना | Khabarhub Khabarhub

सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी एक–आपसमा ठोक्किएर दुर्घटना


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

 धनगढी– सुदूरपश्चिमका दुई मन्त्री सवार छुट्टाछुट्टै गाडी एक–आपसमा ठोक्किएर दुर्घटना भएको छ । कैलालीको लम्कीमा भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानूनमन्त्री हिरासिंह सार्की सवार गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि प्रदेश राजधानी धनगढीबाट चिसापानी जाने क्रममा मन्त्री सवार गाडीहरू लम्कीमा एक–आपसमा ठोक्किएका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार से १ झ ३३० र बा२ झ १४१९ नम्बरको गाडी एकापसमा ठोक्किएका हुन् । सार्की से १ झ ३३० मा र पाल बा २ झ १४१९ नम्बरको गाडीमा सवार थिए । दुबै गाडीमा क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

कैलालीको जानकी गाउँपालिका–९ मा निर्मित कटासे हाइड्रोपावरको उद्‌घाटन गर्न प्रधानमन्त्री ओली सुदूरपश्चिम गएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  २ : ४१ बजे

हुम्लाको बडखोलामा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

हुम्ला– हुम्लाको सर्केगाड गाउँपालिका–१ भएर बग्ने तुम्च बडखोलामा पुल नहुँदा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयरधनीका नाममा

म्युचुलअ फण्डलाई बिक्री गरेको क्रेस्ट लाइफको लकइन असोजमा सकिने

काठमाडौं – क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले म्युचुअल फण्डलाई बिक्री

बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

कैलाली– बल्चौरका तीर्थ बादीलाई मादल बनाउने चटारो छ । सखारै

हाथवे इन्भेष्टमेन्टले १२ प्रतिशत बोनस दिने

काठमाडौं – हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२