नाग दोषबाट मुक्ति मिल्ने विश्वासको तीर्थस्थल कमलपोखरी | Khabarhub Khabarhub

नाग दोषबाट मुक्ति मिल्ने विश्वासको तीर्थस्थल कमलपोखरी


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा महानगरपालिका–१३ कुँडहरस्थित कमलपोखरीले नागजन्य दोषबाट मुक्ति मिल्ने तीर्थस्थलका रुपमा चासो र चर्चा कमाएको छ । प्राचीन कालदेखि नागको वासस्थानका रुपमा रहेको विश्वास मानिने यो तीर्थस्थलमा हरेक वर्ष नाग पञ्चमीका दिन विशेष मेला लाग्छ ।

नागपञ्चमीमा यस तीर्थस्थलमा आएर नागको दर्शन गरेमा नागजन्य विभिन्न दोषबाट मुक्ति मिल्ने विश्वास रहेको मादी गाउँपालिका–५ चितेपानीकी मेनुका अधिकारीले बताए । नागपञ्चमीमा यहाँ आएर दर्शन गरेमा नागजन्य विभिन्न दोषका साथै प्रकृतिजन्य बाढीपहिरो, खोलानाला, चट्याङ्ग आदिको प्रकोपबाट मुक्ति मिल्ने विश्वासका कारण यहाँ टाढाटाढाबाट दर्शनार्थी आउने गर्दछन् । 

विश्व रामसार सूचीसमेतमा सूचीकृत यो ताल नाग र यहाँ फूल्ने कमलको फूलका कारण परिचित छ । पोखराको मुख्य बजार क्षेत्र नजिकै रहेको कमलपोखरी ढकमक्क कमल फूल ढाकिनुका साथै नागको बासस्थान रहेको प्राचीन जनविश्वाससमेतले यसको महत्व र गरिमा बढाएको हो । पछिल्ला वर्षमा तालको अवलोकनका साथै यहाँ पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी हेर्न पर्यटक आउने गरेका स्थानीयवासी चित्रबहादुर रानाले बताए । पर्यटक आउने क्रम बढ्दो रूपमा रहेपनि यसको उचित व्यवस्थापन नहुँदा ताल पुरिने  चिन्ता रहेको उनले बताए।

‘कमलपोखरी ताललाई व्यवस्थित गर्न सके यो पर्यटकीय गन्तव्य बन्न सक्छ’, रानाले भने, ‘यसका लागि स्थानीयवासीसँगै राज्यका सबै निकायको ध्यान पुग्नु जरुरी छ ।’

यहाँको संरक्षणमा स्थानीय दलित समूदाय चार दशकदेखि  लागिपरेको कमलपोखरी संरक्षण समितिका सचिव तिलबहादुर सुनारले जानकारी दिए । तालको संरक्षण गर्न स्थानीयवासी २०४५ सालदेखि नै सङ्गठित बन्दै आएका छन् । विसं १९९० सालको नापीमा कमलपोखरीको कूल क्षेत्रफल १८२ रोपनी रहेको सुन्नमा आएपनि अहिले यसको नाममा ३२ रोपनी मात्र जग्गा मात्रै रहेको उनले बताए। पछिल्लो समय यहाँ स्थानीयको सकृयतामा विभिन्न संरचना निर्माण गरिएका छन् । ।

ताल संरक्षण गर्न विभिन्न पूर्वाधार निर्माण थालिएको पोखरा महानगरपालिका–१३ का वडाध्यक्ष किरण बरालले बताए। ताल वरपर पैदल मार्ग बनाउन सङ्घीय सरकारले ४० लाख विनियोजन गरेको छ । तालमा आउने खोलालाई बाँधसहित व्यवस्थित बनाउन २५ लाख विनियोजन भई काम अघि बढाइएको सचिव सुनारले बताए।

विश्व रामसार सूचीमा सूचिकृत कमलपोखरी परिसरमा प्रत्येक वर्ष नागपञ्चमीमा मेला लाग्छ । करिब साढे चार दशकअघिसम्म कमलपोखरी बुडुवा तालका रूपमा चिनिन्थ्यो । तालको बीच भागमा नागको सुन्दर मूर्तिसहित किनारमा राधाकृष्ण, गणेश, नाग र बाबा विश्कर्माको मन्दिर छ । 

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ३ : १० बजे

बागमतीका मुख्यमन्त्री लामा भन्छन्‌ : राजीनामा दिन्नँ

हेटौँडा – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं

अष्ट्रेलियाका सहरहरू प्राकृतिक विपत्तिको जोखिममा

एजेन्सी – अष्ट्रेलियामा जलवायु परिवर्तनका कारण सिड्नी, मेलबर्न, क्यानबेरा र

सांसद्‌हरूको जोड – भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्छ

काठमाडौँ – प्रतिनिधिसभा सदस्यहरूले भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्नेमा

अनिश्चितकालीन आमरण अनसनमा मझुवागढीका मेयर

काठमाडौँ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढीका मेयर तीर्थराज भट्टराई काठमाडौँको

आन्तरिक किचलोमा दलहरू

काठमाडौं– जहानियाँ राणा शासन छँदै गठन भएको नेपाली कांग्रेसदेखि पछिल्लो