एमाले लुम्बिनी र सुदूरपश्चिम प्रदेश कमिटीमा ३२ जना मनोनीत « Khabarhub

एमाले लुम्बिनी र सुदूरपश्चिम प्रदेश कमिटीमा ३२ जना मनोनीत


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले लुम्बिनी र सुदूरपश्चिम प्रदेश कमिटीमा ३२ जनालाई मनोनीत गरेको छ ।

साउन ५ देखि ७ गतेसम्म चलेको नवौँ केन्द्रीय कमिटी बैठकले ती दुई प्रदेश कमिटीमा ३२ जनालाई मनोनीत गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार राति जारी गरेको अन्तरपार्टी निर्देशिकामा केन्द्रीय कमिटीले प्रदेश कमिटीमा मनोनीत गरेकाहरू सूची समेटिएको छ ।

केन्द्रीय सचिवालयको ४५औँ बैठकले सुदूरपश्चिम प्रदेश र ४६औँ बैठकले लुम्बिनी प्रदेशबाट अनुमोदनका
लागि पठाएका प्रस्तावहरू केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अपानिमा उल्लेख छ ।

ती ३२ मध्ये एमालेले पार्टी प्रवेशबाट आएका ९ जनालाई पनि लुम्बनी प्रदेश कमिटीमा मनोनीत गरिएको जनाएको छ ।

सुदुरपश्चिम प्रदेश
१ जयचन्द स्वार– अछाम
२ रामबहादुर बुढा– अछाम
३ नन्दसिंह कठायत– अछाम
४ अमर विक – अछाम

लुम्बिनी प्रदेश
१ टिका सम्सेली– बर्दिया
२ भुमिसरा धिताल– बाँके
३ कृष्ण भुषाल– दाङ
४ गोविन्द आचार्य– दाङ
५ बृहस्पती श्रेष्ठ– दाङ
६ धनबहादुर रायमाझी– प्युठान
७ तुलसीराम शर्मा– प्युठान
८ भावना बुढाथोकी– रुकुम पूर्व
९ ईश्वरा पोखरेल– अर्घाखाँची
१० सरोज भुषाल– अर्घाखाँची
११ सावित्रा आचार्य– गुल्मी
१२ चिन्तामणि पाण्डे– गुल्मी
१३ चेतन बस्नेत– गुल्मी
१४ विश्राम चौधरी– कपिलबस्तु
१५ नारायणबहादुर जिसी– पाल्पा
१६ नारायण आचार्य– पाल्पा
१७ युवराज घिमिरे– रूपन्देही
१८ मधुकला कुँवर– रूपन्देही
१९ जोगलाल विक– रूपन्देही

लुम्बिनी प्रदेश, पार्टी प्रवेशबाट
१ राममोहन चौधरी– बर्दिया
२ रामकुमार दीक्षित– बाँके
३ रामकुमार गैरे– दाङ
४ पुरणबहादुर गुरुङ– प्युठान
५ गंगाराम बुढा– अर्घाखाँची
६ सिद्धिप्रसाद भुषाल– अर्घाखाँची
७ अव्दुलरहमान खान– रूपन्देही
८ लङ्कबहादुर हमाल– कपिलवस्तु
९ भगवानदास चौधरी– कपिलवस्तु ।

एमालेले केन्द्रीय स्थानी विभागको सचिवमा नवराज गेलाललाई मनोनीत गरेको छ । उनलाई केन्द्रीय सचिवालयको ४५औं बैठकले स्थानीय विकास विभागको सचिवमा मनोनीत गरिएको अपानिमा उल्लेख छ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ५ : ०९ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग