बडिमालिका पूजाका लागि जुम्ला हिँड्यो सरकारी टोली « Khabarhub

बडिमालिका पूजाका लागि जुम्ला हिँड्यो सरकारी टोली


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– पश्चिम नेपालको प्रसिद्ध धार्मिकस्थल बडिमालिकाको पूजाका लागि जुम्लाबाट सरकारी टोली हिँडेको छ । सुदूरपश्चिम प्रदेशको बाजुरास्थित बडिमालिका भगवती मन्दिरको पूजाआजाका लागि जुम्लाको सरकारी टोली मंगलबार प्रस्थान गरेको हो । 

नागपञ्चमीको दिन तीर्थालुसहित सरकारी टोली दिउँसो बडिमालिका भगवती मन्दिर दर्शनका लागि गएको छ । 

जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा विष्णुबहादुर महतको नेतृत्वमा बडिमालिकातर्फ लागेको छ । बडिमालिका पूजा गरेर कृष्णजन्मअष्टमीका दिन सो टोली जुम्ला फर्कने छ ।  

जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टीका, बिनायो, चाँदीको कांगियो, छत्र, मुरली गरी ५ वटा पूजाका सामान पेटारो झोलीमा राखेर बडिमालिका मन्दिरमा पूजाका लागि पठाइएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । 

त्यस्तै भक्तजनले आफ्नो बरपुर्तिका लागि भेटी, मार्सीधानको अक्षता, फूलपाती, फलफूल, ध्वजा तोरणजस्ता प्रसाद पठाएका छन् ।  

बडिमालिका भगवतीको दर्शन गर्न जाने टोलीलाई नेपाली सेना, नेपाल प्रहरी र सरकारी तथा गैरसरकारी निकाय प्रमुखहरू लगायत सर्वसाधारणले फूलमाला, अबिरसहित पञ्चेबाजाले बिदाइ गरेका थिए । 

तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रूपमा हरेक साउन शुक्लपूर्णिमा नाग पञ्चमीका दिन बडीमालिकाको पूजा गर्न जाने प्रचलन रहिआएको छ ।  

नेपाली सेनाको एक टुकुटीले वटुक भैरवनाथ, बाबा चन्दननाथ र दरबार मालिकाको सलामी अर्पण, पाँच वटा सलामी, ब्यान्डबाजा र बिगुल फुकेर पूजाको डोलीसहित बडीमालिका हिँडेको टोलीलाई भव्य बिदाइ गरिएको छ

परम्परादेखि नै नाग पञ्चमीका दिन जुम्लाको सरकारी टोली पूजाका लागि बडीमालिका जाने चलन रहेको छ। डोटी बाजुराको टोली बडीमालिका आउने जुम्लाको टोली बडीमालिका पुगेर संयुक्त पूजा गर्ने प्रचलन छ । बडीमालिका मन्दिरका लागि अछाम, बाजुरा, बझाङ तथा डोटीबाट बर्सेनि डोला लैजाने चलन रहेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ५ : २६ बजे

त्रिशूली–३ ‘ए’ सुरुङबाट एक जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर

तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक

एक वर्षअघिको खबरदारी, वर्तमानको विपत्ति

लेखकको उद्देश्य केवल सरकार र सरोकारवाला निकायलाई सचेत गराउनु मात्र

भोटेकोशी बाढी : ९२६ शवको व्यवस्थापन, १८ सय ६२ जनाको डीएनए सङ्कलन

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको