ओली भन्छन्- अब दार्जीलिङको होइन, जनकपुरको रेल भन्दै नाच्नू | Khabarhub Khabarhub

ओली भन्छन्- अब दार्जीलिङको होइन, जनकपुरको रेल भन्दै नाच्नू


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार काम गर्नका लागि बनेको बताएका छन् ।

कैलालीको जानकी गाउँपालिका-९ कटासेस्थित रानी जमरा कुलरिया आयोजनाको सिचाईँतर्फको थप सिँचाइ, जलविद्युत र प्रसारण लाइनको मंगलबार उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘यो सरकार बनेको सरकार बनाउनका लागि होइन । यो देशमा स्थिरता स्थायित्व र विकासका लागि बनको हो । जनतालाई सेवा सुशासन दिन र भ्रष्टाचार नियन्त्रण गर्न यो सरकार बनेको हो’, उनले भने, ‘हामी काम गर्दैछौँ, विकास गर्दैछौँ । हामी देश बनाउन लागिरहेका छौँ ।’

ओलीले परम्परागत शैलीमा आफूले कसैलाई भ्रष्टाचार गर्न नदिने बताए । ‘म पनि भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ । लुकिचोरी भ्रष्टाचार गरेको थाहा पाए, त्यो मान्छे जेल जान्छ’, उनले अगाडि भने ।

आफूले रेल र पानीजहाजका कुरा गर्दा उडाउनेहरूलाई परिणाम देखाउने उनले बताए । जनकपुरमा रेल आइसकेकाले अब दार्जीलिङको रेल भनेर गीत गाउन जरूरी नभएको पनि उनले बताए ।

‘हामीले रेल र पानी जहाज चलाउँछौँ भन्दा हावा कुरा भनेर उडाउँछन् । अहिले पनि दार्जीलिङको रेल भन्दै उफ्रिन्छन् । अब दार्जीलिङको रेल होइन, जनकपुरको रेल भनेर नाच्नू’, उनले भने, ‘अब हामी पानी जहाज चलाएर कोशी, गण्डकी र कर्णालीबाट गंगामा पुग्न सकिन्छ । गंगाबाट हामी कोलकाता पुगेर समुद्रसम्म जोडिन सक्छौँ ।’

उनले नेपालमा अझै २५ लाख हेक्टर सिँचाइयोग्य जमिन रहेको बताए । ‘अझै १० लाख हेक्टरमा सिँचाइ पुर्‍याउने कोसिस जारी छ’, उनले भने, ‘अहिले बाह्रै महिना ५ लाख हेक्टरमा सिँचाइ पुग्छ । मैले सुनकोशी मरिन डाइभर्सन आयोजना सुरू गरेको थिएँ तर सरकार तलमाथि हुँदा ढिला भएको थियो । अब त्यो आयोजना बनेर मधेशमा डेढ लाख बिघामा सिँचाइ पुग्नेछ ।’

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ६ : ०० बजे

अमेरिकी प्रष्टिकरण : भारतमाथिको प्रतिबन्ध रूसलाई दबाब बढाएर युद्ध रोक्न

नयाँदिल्ली- अमेरिकाले भारतमाथि लगाइएको प्रतिबन्धले रसियालाई युक्रेन युद्ध रोक्न दबाब

लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको छ : मन्त्री पाण्डे

कीर्तिपुर– पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनमा निजी

अस्ट्रेलियाका २५ हलमा लाग्दै ‘माग्ने राजा’

काठमाडौं – केदार घिमिरे ‘माग्ने बूढा’ शीर्ष भूमिकामा रहेको फिल्म

नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य

काठमाडौं– अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजअन्तर्गत आफ्नो

लोमान्थाङमा खुल्यो ‘सङ्ग्रहालय’

मुस्ताङ– उत्तरी चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित पर्खालले