२१ वर्षपछि उही नामको फिल्म ‘सुख दुःख’ गर्दै मिथिला शर्मा « Khabarhub

२१ वर्षपछि उही नामको फिल्म ‘सुख दुःख’ गर्दै मिथिला शर्मा


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका नीता ढुङ्गानको डेब्यू निर्देशन रहने फिल्म ‘सुख दुःख’मा वरिष्ठ कलाकार मिथिला शर्माको प्रवेश भएको छ ।

फिल्मका लागि मिथिलासँग कागजी सम्झौता भएको नीताले सोमबार सार्वजनिक गराएकी हुन् ।

डेब्यू फिल्ममा मिथिलासँग सहकार्य गर्न पाउँदा नीता उत्साहित देखिएकी छन् । उनले भनिन्, ‘उहाँ (मिथिला) नभएको फिल्म अपूरो हुन्थ्यो । अब पूर्ण भएको महसुस भएको छ ।’

उनले पूर्ण महसुस भएकाे बताए पनि फिल्मका शीर्ष कलाकारबारे जानकारी दिएकी छैनन् ।

फिल्मको निर्मातासमेत रहेकी नीताले अन्य कलाकारबारे जानकारी दिएकी छैनन् । अहिले उनी प्राविधकहरु चयनको काममा रहेको बुझिएको छ ।

नीताको निजी ब्यानर ‘नीता फिल्मस्’बाट यो फिल्म बन्ने बताइएको छ ।

नीताले निर्देशन गर्न लागेको फिल्म ‘सुख दुःख’ नयाँ नाम होइन । सन् २००४ मा यही नाम गरेको नेपाली फिल्म प्रदर्शनमा आएको थियो ।

उक्त फिल्मको निर्देशक र लेखक शिव रेग्मी हुन् । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ र झरना थापा यस फिल्मको शीर्ष भूमिकामा थिए । मिथिला शर्मा त्यस फिल्मको मुख्य भूमिकामा थिइन् ।

‘सुद दुःख’ प्रदर्शनमा आएको २१ वर्षपछि सोही शीर्षकको फिल्ममा मिथिलाले अभिनय गर्ने भएकी हुन् ।

यो फिल्मको छायाङ्नक चाडै सुरु गर्ने योजनामा नीता रहेकी छन् । ०८३ सालको दशैँलाई प्रदर्शन मिति तोकिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ७ : ५५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको