सवारी दुर्घटनामा परेर दोलखाका ९ जनाले ज्यान गुमाए  | Khabarhub Khabarhub

सवारी दुर्घटनामा परेर दोलखाका ९ जनाले ज्यान गुमाए 


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लामा आर्थिक वर्ष २०८१-०८२ सवारी दुर्घटनामा परेर ९ जनाले ज्यान गुमाएका छन् ।

 जिल्ला ट्राफिक प्रहरी कार्यालयको वार्षिक तथ्यांकअनुसार आर्थिक वर्ष सुरु भए देखि अर्थात २०८१ श्रावण १ गते देखि २०८२ असार मसान्तसम्म ३९ वटा सवारी दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने १२ जना गम्भिर घाईते र ६९ जना सामान्य घाईते भएका छन् । 

दुर्घटनामा परि मृत्यु हुनेमा ३ पुरुष, ५ महिला र १ जना बालक रहेको र गम्भिर घाईते हुनेहरूमा ७ पुरुष, ४ महिला र १ जना बालिका रहेको जिल्ला प्रहरी कार्यलय दोलखाका प्रमुख ठाकुरप्रसाद भट्टराईले बताए। त्यसैगरी कार्यालयले सोही अवधिमा  ४ हजार  ८ सय ८५ वटा सवारी कारवाहीबाट  ४५ लाख ७७ हजार ५ सय राजस्व संकलन गरेको जनाएको छ।

कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा सवारी दुर्घटनामा कमी आएको हो। कार्यालयले गत वर्षभर दुर्घटना न्यूनीकरणको लागि विभिन्न सचेतना कार्यक्रम समेत सञ्चालन गरेको थियो। 

आर्थिक वर्षभित्र विद्यार्थीहरूलाई ३१ पटक जनचेतना कार्यक्रम कक्षा सञ्चालन गरिएको जनाईएको छ जसमा ४ हजार ६ सय ५२ जना सहभागि भएका थिए ।

यसैगरी ४ सय पटक चालक यात्रु मैत्री कार्यक्रम सञ्चालन गरिएको थियो, जसबाट ३४ हजार ४ सय ९९ जना लाभान्वित भएको कार्यालय प्रमुख भट्टराईले बताए।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ७ : ३३ बजे

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले ३० अर्ब खिच्दै

काठमाडौं – बुधबार बैंकिङ प्रणालीबाट नेपाल राष्ट्र बैंकले ३० अर्ब

हुम्लाको बडखोलामा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

हुम्ला– हुम्लाको सर्केगाड गाउँपालिका–१ भएर बग्ने तुम्च बडखोलामा पुल नहुँदा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयरधनीका नाममा

म्युचुलअ फण्डलाई बिक्री गरेको क्रेस्ट लाइफको लकइन असोजमा सकिने

काठमाडौं – क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले म्युचुअल फण्डलाई बिक्री

बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

कैलाली– बल्चौरका तीर्थ बादीलाई मादल बनाउने चटारो छ । सखारै