समाजवादी मोर्चाको बैठकमा पहिलो पटक वामदेव, भन्छन् : सरकारविरुद्ध कडा आन्दलोलन गर्ने हो « Khabarhub

समाजवादी मोर्चाको बैठकमा पहिलो पटक वामदेव, भन्छन् : सरकारविरुद्ध कडा आन्दलोलन गर्ने हो


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताअघि मात्रै एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका नेता वामदेव गौतम पहिलो पटक मंगलबार समाजवादी मोर्चाको बैठकमा सहभागी भएका छन् ।

आलोकनगरस्थित समाजवादीको केन्द्रीय कार्यालयमा बसेको बैठकमा सहभागी भएर उनी अलिक छिट्टै निस्किए । उनले बैठकपछि मोर्चालाई थप सशक्त र व्यापक बनाउने निर्णय गरेको बताएका छन् ।

बैठकमा पहिलोपटक सहभागी भएका वरिष्ठ नेता गौतमले मोर्चाको विस्तार र नेत्रविक्रम चन्द विप्लवको सक्रिय सहभागिताले नेताहरूमा नयाँ ऊर्जा भरिएको बताएका छन्।

गौतमले अहलेसम्मको समीक्षा भएको बताउँदै अब चाँडै सकेसम्म ठूलो आन्दोलन गर्ने बताएका छन् । ‘मोर्चाले सकेसम्म ठूलो आन्दोलन गर्ने कुरा भएको छ’, उनले भने, ‘भ्रष्टाचारविरुद्ध, बेथितिविरुद्ध र देशलाई बर्बाद बनाउँदै लगेको सरकारविरुद्ध हामी आन्दोलनमा जाने कुरा भएको छ। सरकारकै भ्रष्टाचारको विरोध गर्ने गर्न हो अब ।’

‘विप्लवजीले समेत सक्रिय भए अगाडि बढ्ने प्रस्ताव राखेपछि सबै नेता उत्साहित छन्। अब मोर्चालाई समाजवादी शक्तिको रूपमा स्थापित गर्नुपर्ने धारणा बनेको छ’, उनले भने ।

गौतमले मोर्चाले केवल नामको संगठन भएर बस्नुनपर्ने बताएका छन् । बैठकमा उनले जनताको भावना र चाहनालाई सम्बोधन गर्नेगरी स्पष्ट कार्यदिशासहित अघि बढ्नुपर्ने पनि बताएका छन् ।

‘मोर्चाले जनताले महसुस गरेका मुद्दा उठाउँदै, समाजवादी राज्य निर्माणको दिशामा नयाँ शक्ति निर्माण गर्नुपर्ने समय आएको छ’, उनले भनेका छन् ।

गौतमले आफ्नो प्रस्तावमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, नेत्रविक्रम चन्द ‘विप्लव’सहित सबै नेता सहमत भएको बताए ।

यद्यपि मोर्चामा आवद्ध दलहरूबीच पार्टी एकताबारे छलफल नभएको बताए । गौतमले अहिलेलाई एकताको कुरा सम्भव नरहेको पनि बताएका छन् ।

बैठकमा सहभागी नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले मोर्चामा समाजवादी कार्यदिशा मिल्ने सबै दल समेट्ने निर्णय भएको बताएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ८ : ०९ बजे

करेन्ट लागेर टिपर चालकको मृत्यु

सिरहा– यहाँको गोलबजार नगरपालिका–२ स्थित गुरुधाम जाने बाटोमा टिपरको हाइड्रोलिक

०१५ सालका मतदाता सुरेन्द्रबहादुर भन्छन्- राजनीति नै स्वार्थको साधन बनेपछि नयाँ पुरानाको भेद रहेन

नेपाली कांग्रेसले घरदैलो पुरानो बानेश्वर चोकबाट कार्यक्रम सुरु गर्‍यो ।

पाकिस्तानको एफ १६ लडाकु जहाज खसालेको अफगानिस्तानको दाबी

काबुल- अफगानिस्तानले शुक्रबार अमेरिकामा निर्मित एफ–१६ पाकिस्तानी लडाकु विमान गुमाएको

मधेस प्रदेशमा ४८१ थान इजाजत प्राप्त हतियार बुझाइयो

जनकपुरधाम– प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षितगरी गरिएको सूचनाअनुसार मधेस प्रदेशमा ४८१

मदिरा घोटाला प्रकरणमा अरविन्द केजरीवाल र मनीष सिसोदियालाई सफाइ

नयाँदिल्ली- मदिरा घोटाला प्रकरणमा भारतको राजधानी सहर नयाँ दिल्लीका पूर्वमुख्यमन्त्री