आज आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवस « Khabarhub

आज आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवस


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवस हो । सन् २०१० देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा आणविक हतियारहरूको पूर्ण उन्मूलनका लागि विश्व समुदायलाई एकताबद्ध गराउने उद्देश्यले यो दिवस मनाउन प्रारम्भ गरिएको हो ।

आणविक हातहतियारले निम्त्याउने विनाश, त्यसविरुद्धका विविध गतिविधि, सम्मेलन, सञ्चारमाध्यमबाट विभिन्न चेतनामूलक सामग्रीको प्रचारप्रसार गरेर आज यो दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ । 

यो दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले आज सङ्क्षिप्त सन्देश दिँदै आणविक परीक्षणको ८० औँ वार्षिकोत्सव मनाइरहँदा विगतमा गरिएका दुई हजारभन्दा बढी आणविक हतियारको परीक्षणलाई बिर्सन नहुने र अब उप्रान्त त्यस्ता गतिविधि नदोहोर्‍याउने प्रण गर्नुपर्नेमा जोड दिएका छन् । 
 

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ६ : १८ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने