सहिद परिवार लक्षित कार्यक्रम कार्यान्वयनबारे छलफल « Khabarhub

सहिद परिवार लक्षित कार्यक्रम कार्यान्वयनबारे छलफल


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मधेसी सहिद प्रतिष्ठानले चालु आर्थिक वर्षमा सहिद परिवार लक्षित कार्यक्रम कार्यान्वयनका लागि छलफल गरेको छ । 

शुक्रबार प्रतिष्ठानका अध्यक्ष एवं गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा बसेको बैठकमा चालु आवका लागि विनियोजित दुई करोड रकमलाई सहिद परिवार र तिनका सन्तानलाई प्रत्यक्ष फाइदा पुर्‍याउने गरी कार्यक्रम कार्यान्वयन गरिनुपर्नेमा जोड दिइएको छ । 

गृहसचिव विमलप्रसाद बरालले सहिद परिवारको सम्मानका लागि विनियोजित रकमबाट स्वास्थ्य, शिक्षा, सीप विकासलगायत कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा विभिन्न निर्णय गरिएको बताए। 
     
बैठकले सहिदको ‘प्रोफाइल’ निर्माण तथा प्रकाशन, सहिद स्मृति पुरस्कार, स्वास्थ्य बिमा, बलिदानी दिवस आयोजना, सहिदका सन्तानलाई छात्रवृत्ति, सीप विकास तथा लोकसेवा तालिम सञ्चालन, सहिद स्मृति पार्क निर्माण गर्नेलगायत निर्णय गरेको उनले जानकारी दिए । 

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १२ : २५ बजे

आज विश्व क्यान्सरविरुद्धको दिवस मनाइँदै

काठमाडौं– विश्व क्यान्सर (अर्बुद) विरुद्धको दिवस आज नेपालमा पनि विभिन्न

सवारी दुर्घटनामा एक युवकको मृत्यु, तीन जना घाइते

सर्लाही– पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा सवारी दुर्घटना हुँदा एक युवकको

एपोलो हाइड्रोपावरलाई साधारण शेयर बिक्रीका लागि अनुमति

काठमाडौं– नेपाल धितोपत्र बोर्डले एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडलाई साधारण शेयर

मुस्ताङमा ३९ मतदान केन्द्र कायम, चुनावमा हिमपातको डर

मुस्ताङ– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा

आज अन्तर्राष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै

काठमाडौं– संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ आज विश्वका विभिन्न मुलुकमा