मासुलगायत कृषिजन्य उत्पादनको निर्यातमा सहजीकरण गरिदिन चीनलाई सरकारको आग्रह « Khabarhub

मासुलगायत कृषिजन्य उत्पादनको निर्यातमा सहजीकरण गरिदिन चीनलाई सरकारको आग्रह


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– सरकारले चीनसँग मासुलगायत कृषिजन्य उत्पादको निर्यातका लागि भन्सार प्रशासनमा सहजीकरण गर्दै लचकता अपनाउन आग्रह गरेको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुङसँग भन्सार प्रशासनमा सहजीकरण गर्दै लचकता अपनाउन आग्रह गरेका हुन् । 

वाङ्गसँगको भेटका क्रममा मन्त्री अधिकारीले भैँसीको मासु, दुग्ध पदार्थसँगै तरकारी, फलफूल र जडिबुटी निर्यातका लागि सहजीकरण र लचकता अपनाउन आग्रह गरेको उनको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार बिहीबार काठमाडौंमा भएको द्विपक्षीय बैठकमा नेपालको आग्रहलाई चिनियाँ पक्षले सकारात्मक रूपमा लिएको जनाएको छ । 

नेपालबाट थर्मल रूपमा प्रशोधित भैँसीको मासु र भैँसीको कार्टिलेज (कुरकुरे हाड)सँगै कृषि मन्त्रालयले घ्यू, नौनी, वटर तथा छुर्पी चीन निर्यातका लागि जोड गरिरहेको छ । 

यस्तै हेलेज साइलेज पशु आहरा निर्यातका लागि पनि द्विपक्षीय बैठकमा नेपालले कुरा राखेको छ । नेपालले कुखुराको मासु र पञ्जा, तरकारी, सुन्तलाजन्य फलफूल, चिया तथा कफी र जडिबुटी निर्यातका लागि सक्षम रहेको र यसका लागि थप सहजीकरण गरिदिन पनि आग्रह गरेको छ । 

हाल नेपालबाट ३४ प्रकारका कृषि वस्तुहरू विभिन्न ६१ वटा कम्पनीमार्फत् निर्यात हुँदै आएका छन् । यस्तै हरियो घाँस हेलेज ५ वटा कम्पनीमार्फत् चीन निर्यात हुँदै आएको छ । 

बैठकमा उपमन्त्री वाङ्गले नेपालबाट कृषि वस्तु निर्यातको विषयलाई चीनले उच्च महत्व दिएको बताए । एक सयभन्दा बढी देशहरूबाट यस्ता प्रस्तावहरू आउने गरेको भए पनि छिमेकी मुलुकको रुपमा चीनले नेपाललाई महत्व दिएर प्रयासहरू अघि बढाएको उनको भनाइ थियो । 

‘व्यापार सहजीकरणका लागि हाम्रो एकल प्रयासले मात्र पुग्दैन । दुवै देशको संयुक्त प्रयासमा यो गाह्रो र जटिल छैन,’ मन्त्री वाङ्गको भनाइ उद्धृत गर्दै मन्त्री अधिकारीलको सचिवालयले भनेको छ, ‘सहजीकरण गर्न हामी तयार छौंँ ।’

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १२ : ३८ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने