‘टी ट्वान्टी’ शृङखलाः दोस्रो खेलमा नेपाल ‘ए’ विजयी « Khabarhub

‘टी ट्वान्टी’ शृङखलाः दोस्रो खेलमा नेपाल ‘ए’ विजयी


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘टी ट्वान्टी’ शृङखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल ‘ए’ विजयी भएको छ । 

भारतको गुवाहाटीमा भएको खेलमा नेपाल ‘ए’ले घरेलु टोली आसामलाई ९६ रनले पराजित गर्दै जारी शृङ्खलामा पहिलो जित दर्ता गराएको हो । 

नेपालले प्रस्तुत गरेको १७४ रनको लक्ष्य पछ्याएको आसामको पारी १५ दशमलव २ ओभरमा ७७ रनमै समेटियो । आसामका लागि रुहिनन्दन पेगुले सर्वाधिक १७ रन, शिवशङ्कर रोयले १६ तथा आकाश सेनगुप्ताले १० रन बनाए । 

बलिङतर्फ नेपालका युवराज खत्रीले चार, बसिर अहमदले तीन तथा कमलसिंह ऐरी, आकाश चन्द र विवेककुमार यादवले एक÷एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७३ रनको योगफल बनाएको थियो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ३५ रनको योगदान दिए । 

त्यसैगरी पवन सर्राफ र देव खनालले समान ३१/३१ रन बनाए भने बसिर अहमदले २७, विवेकुमार यादवले अविजित २६ तथा आदिल आलम अन्सारीले १४ रन बनाए । 

बलिङतर्फ आसामका लागि आकाश सेन गुप्ताले तीन, अभिनव चौधरीले दुई तथा आयुशमान मालाकार र अभिलश गोगोईले एक÷एक विकेट लिए । 

बिहीबार भएको पहिलो खेलमा नेपाल ‘ए’ डकवर्थ लुइस पद्दति (डिएलएस) का आधारमा आसामसँग १५ रनले पराजित भएको थियो । यससँगै नेपाल ‘ए’ र आसामसँगको पाँच खेलको उक्त शृङ्खलामा १–१ को बराबरी भएको छ । शनिबार तेस्रो खेल हुनेछ । रासस

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ३ : १८ बजे

ट्याक्टरबाट खसेर एक युवकको मृत्यु

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका–३ दाङश्रीको भित्री सडकमा ट्याक्टरबाट खसेर एक

लामिन र रोनाल्डको गोलमा बार्सिलोना सेमिफाइनलमा

काठमाडौं – कोपा डेल रेको क्वार्टरफाइनलमा बार्सिलोना विजयी भएको छ।

यूएईविरुद्ध दीपेन्द्र र आरिफको १०८ रनको सम्झना योग्य साझेदारी

काठमाडौं – नेपाली क्रिकेट टिमले विश्वकप अगाडि चिरपरिचित प्रतिद्वन्द्वी यूएईविरुद्ध

चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल

काठमाडौं – अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमातर्फ अन्तरिक्षयात्री पठाउने तयारीस्वरूप

निर्वाचन २९ दिन बाँकीः समानुपातिक बन्दसूचीमा पुरुष भन्दा महिला बढी

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक