वायु प्रदूषण नियन्त्रणका लागि हरियाली विस्तार कार्यक्रम : मन्त्री शाही « Khabarhub

वायु प्रदूषण नियन्त्रणका लागि हरियाली विस्तार कार्यक्रम : मन्त्री शाही


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वायु प्रदूषण नियन्त्रणका लागि युरो–६ मापदण्डको कार्यान्वयन र सहरी हरियाली विस्तारजस्ता कार्य अघि बढाइएको बताएका छन् ।

वातावरण विभागले शुक्रबार आयोजना गरेको राष्ट्रिय वायु गुणस्तर व्यवस्थापन कार्ययोजनासम्बन्धी कार्यशालामा मन्त्री शाहीले प्रदूषणका प्रमुख स्रोतहरूको पहिचान, इन्धन गुणस्तरमा सुधार, विद्युतीय सवारीसाधनलाई प्रोत्साहन, उद्योगमा स्वच्छ प्रविधिको प्रवद्र्धनलगायत कार्य अघि बढाइएको उल्लेख गरे ।

‘वायु प्रदूषण नेपालको मात्र समस्या नभई, दक्षिण एशियाकै लागि पनि गम्भीर चुनौती हो’, मन्त्री शाहीले भने, ‘यसले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पुर्‍याइरहेको छ, विशेषगरी यसबाट बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भइरहेका छन् । साथै यसले कृषि उत्पादनमा गिरावट ल्याइरहेको छ र हाम्रो जैविक विविधता तथा जलवायुमा प्रतिकूल प्रभाव पारिरहेको छ ।’

यस गम्भीरतालाई बुझ्दै नेपाल सरकारकोतर्फबाट पछिल्ला वर्षमा विभिन्न पहल अघि बढाइएको र काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना तयार गरिएको मन्त्री शाहीले बताए ।

‘अहिले हामी राष्ट्रियस्तरको कार्ययोजनातर्फ अघि बढिरहेका छौँ, यसबाट दिगो, विज्ञानमा आधारित, समावेशी र नेपालको आवश्यकताअनुरूप रणनीति तय हुने विश्वास छ’, उनले भने । 

वायु प्रदूषण कुनै एक देश वा सीमाभित्र मात्र सीमित समस्या नभएको उल्लेख गर्दै उनले यसको समाधान पनि बहुपक्षीय सहकार्यबाटै सम्भव हुने बताए  । साथै उनले अन्तर्राष्ट्रिय, क्षेत्रीय, राष्ट्रिय र स्थानीय सबै तहमा सहकार्य र साझेदारीलाई अझ सुदृढ बनाउन जोड दिए ।

मन्त्री शाहीले मन्त्रालयमार्फत, दातृ निकाय, सङ्घसंस्था, नागरिक समाज, निजी क्षेत्र, प्रदेश तथा स्थानीय सरकार र समुदायसँग हातेमालो गर्दै, सबैको साझा प्रयासमा कार्ययोजना तयार हुनेमा प्रतिबद्धता व्यक्त गरे  । यसले स्वच्छ हावा, स्वस्थ जीवन, दिगो विकास र भावी पुस्ताका लागि सुरक्षित वातावरणको मार्ग प्रशस्त गर्ने उनको विश्वास थियो ।
 

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ४ : ४३ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन