सङ्क्रमकालीन न्याय छिटो दिन सरकार निरन्तर लागिरहेको छ : मन्त्री चौरसिया « Khabarhub

सङ्क्रमकालीन न्याय छिटो दिन सरकार निरन्तर लागिरहेको छ : मन्त्री चौरसिया


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सङ्क्रमकालीन न्याय छिटो दिन सरकार निरन्तर लागिरहेको बताएका छन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले बलपूर्वक बेपत्ता पारिएका पीडितको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री चौरसियाले भने, ‘ऐन संशोधन भएपछि दुवै आयोगमा पदाधिकारी आएका छन्, नियमावली संशोधनको अन्तिम चरण छ, मन्त्रिपरिषद्मा पुगेको छ, छिटो न्याय दिन काम गर्नुस्, सरकार सहयोग गर्न तयार छ ।’

सङ्क्रमणकालीन न्यायसम्बधी ऐन संशोधन भएर सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारीसमेत आइसकेका छन् । मन्त्री चौरसियाले दुवै आयोगले तीव्र गतिमा काम अघि बढाउनुपर्ने र आवश्यक जनशक्तिका विषयमा छलफल भइरहेको बताए । उनले सरकारले दुवै आयोगलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यक्ति बेपत्ता पार्ने व्यक्तिलाई सरकारले कारबाही गर्नुपर्ने र पीडितलाई न्याय दिन माग गरे । उनले सङ्क्रमकालीन न्यायसम्बन्धी आयोगलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गडतौलाले सङ्क्रमणकालीन न्याय प्रक्रिया लामो भएको हुनाले द्वन्द्वका घाउमा मलम लगाउन ढिलाइ भएको स्वीकार गरिन् । 

उनले द्वन्द्वका समयमा बेपत्ता भएका व्यक्तिको तथ्याङ्कमा एकरूपता नभएकाले तथ्याङ्क एकरूपता गर्ने काम भइरहेको तथा तीव्र रूपमा काम गरिरहेको जानकारी दिइन् । 

सो अवसरमा कार्यक्रममा सहभागी पीडितहरूले न्याय प्रक्रियामा ढिलाइ भएको, प्रतीक्षा लामो भएकोलगायत गुनासो गरेका थिए । रासस

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ३ : ३३ बजे

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका

काठमाडौं महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस

काठमाडौं – काठमाडौं महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने