लुधियाना अदालतमा गायक गुरु रन्धावाविरुद्ध मुद्दा « Khabarhub

लुधियाना अदालतमा गायक गुरु रन्धावाविरुद्ध मुद्दा


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  पञ्जाबी संगीत जगतका चर्चित नाम गुरु रन्धावा पछिल्ला दिनमा गलत कारणले निरन्तर चर्चामा परिरहेका छन्।

हालै रिलिज भएको उनको म्युजिक भिडियो “अजुल”ले ‘स्कुले विद्यार्थीलाई यौनिक रूपमा प्रस्तुत गरेको’ आरोप खेप्दै ठूलो आलोचना भोगेको थियो। यसै बीच, उनीमाथि अर्को गम्भीर कानुनी कारबाही अघि बढेको छ ।

अर्को मुद्दा उनका गीत “सिर्रा”  का बोलसँग सम्बन्धित हो, जसलाई अपमानजनक र नशा संस्कृतिलाई प्रोत्साहन गर्ने भन्दै उजुरी दायर गरिएको छ।

भारतीय मिडिया अनुसार लुधियाना अदालतले गायक गुरु रन्धावालाई समन्स( जारी गर्दै  १७ गते मंगलबार (सेप्टेम्बर २) मा उपस्थित हुन आदेश दिएको छ। सम्राला (लुधियाना जिल्ला) निवासी राजदीप सिंह मानले दायर गरेको उजुरीमा गीतमा रहेको बोलले नशा संस्कृतिलाई प्रोत्साहन गरेको र सिख परम्पराको अपमान गरेको दाबी गरिएको छ।

गीतको बोल यस प्रकार छ- ‘ओह जट्टा दे आ काके बल्लीये… जम्मेया नु गुर्ति च मिली अफीम है… ।’

अर्थात्, ‘हामी जाटका छोरा हौँ। हामी जन्मिँदा पहिलो खानेकुरा नै अफीम (नशालु पदार्थ) पाएका हौँ।’

यस बोलप्रति आपत्ति जनाउँदै उजुरीकर्ताका वकिलले भनेका छन्, ‘गुर्ति दिने परम्परा सिख धर्ममा पवित्रता र सम्मानसँग जोडिएको अभ्यास हो। नवजात शिशुलाई पहिलो पटक पवित्र जल वा दूध दिने यो परम्परा भावनात्मक रूपमा गहिरो छ। तर गीतमा यसको अपमान गर्दै जट्ट परिवारमा बच्चालाई अफीम दिइन्छ भन्ने संकेत गरिएको छ, जुन समाजलाई गलत सन्देश दिने काम हो। यसका लागि गायक रन्धावाविरुद्ध एफआईआर दर्ता हुनुपर्छ।’

यो मुद्दामा एप्पल म्युजिक, युट्युब, अमेज़न म्युजिक, इन्स्टाग्राम, स्पोटिफाइ इन्डिया, वार्नर म्युजिक इन्डिया लगायतका प्लेटफर्महरूलाई पनि नामसहित समेटिएको छ, जसले विवादास्पद गीतलाई सार्वजनिक र प्रवर्द्धन गरेको भन्दै जिम्मेवारी तोकिएको छ।

उक्त उजुरीलाई आधार मानेर सम्रालाका सहायक न्यायिक मजिस्ट्रेट राजिन्दर सिंहले भारतको (भारतीय नागरिक सुरक्षा संहिता) को धारा (२२३) अन्तर्गत आदेश जारी गरेका हुन्।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ५ : ०१ बजे

भारतमा प्रदर्शनकारीमाथि प्रहरी दुर्व्यवहारको आरोप

नयाँदिल्ली- भारतमा मतदाता सूची संशोधनको विरोधमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले सांसद,

प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने

काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चारजनाविरुद्ध उजुरी

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल– दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला

गृहमन्त्री गुरुङ भारत प्रस्थान (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् ।  उनी

साउदी अरब र हुथीबीच तनाव बढ्दा इरानद्वारा संवादको प्रस्ताव

एजेन्सी– इरानले साउदी अरब र यमनबीच संवाद प्रक्रिया अघि बढाउन