अरनिको पाँडेलाई २० हजार धरौटीमा छाड्न आदेश « Khabarhub

अरनिको पाँडेलाई २० हजार धरौटीमा छाड्न आदेश


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई काठमाडौँ जिल्ला अदालतले २० हजार धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासले शुक्रबार पाँडेसँग २० हजार रुपैयाँ धरौटी माग गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यसमेत रहेका उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले बुधबार पक्राउ गरेको थियो ।

उनलाई एक महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरिएको थियो । ती महिलाले पाँडेमाथि अनलाइनमार्फत दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्।

बुधबार नै पक्राउ परेका एमाले केन्द्रीय सदस्य ऐन महरलाई भने जिल्ला सरकारी वकिलको कार्यालयले हाजिरी जमानीमा छाड्न प्रहरीलाई अनुमति दिएका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ४ : २३ बजे

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ

एसियाली खेलकुद : आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

काठमाडौँ– जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,