नापी अधिकृतसँग करिब ६ करोड गैरकानुनी सम्पत्ति, पत्नी र दुई छोरालाई पनि मुद्दा « Khabarhub

नापी अधिकृतसँग करिब ६ करोड गैरकानुनी सम्पत्ति, पत्नी र दुई छोरालाई पनि मुद्दा


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भैरहवामा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको छ।

यादवले दशौँ वर्षसम्म निमित्त कार्यालय प्रमुखको हैसियतमा बसेर राजनीतिक तथा विभागीय प्रभाव प्रयोग गर्दै सरकारी सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने, प्लट मिलान गर्ने नाममा आर्थिक चलखेल गर्ने लगायतका गैरकानुनी गतिविधि गरेर अकुत कमाएको खुलेको छ।

अख्तियारको अनुसन्धानबाट यादवले २०५३ सालदेखि २०८१ सालसम्म सार्वजनिक पदमा रहेर जम्मा ९ करोड ३ लाख रुपैयाँ वैध आय आर्जन गरेका थिए ।

तर त्यही अवधिमा करिब १४ करोड ८३ लाख रुपैयाँ बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको पाइएको आयोगले जनाएको छ।

यसरी आय र व्ययबीच ५ करोड ७९ लाख ६२ हजार रुपैयाँभन्दा बढीको स्रोत नखुलेको सम्पत्ति देखिएकाले उनीमाथि बिगो कायम गरी मुद्दा दायर गरिएको हो।

यादवले सम्पत्ति विवरण पेस गर्दा वास्तविक सम्पत्ति लुकाएर झुठा तथ्य समेटेर दिएकोसमेत आयोगको दाबी छ।

गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति पत्नी गायत्री यादव र छोराहरू सुधान्सु यादव र शुभम यादवका नाममा समेत खरिद गरेको प्रमाण फेला परेको अख्तियारले जनाएको छ ।

उनीहरूलाई पनि प्रतिवादी बनाएर सम्पत्ति जफत गर्ने प्रयोजनार्थ मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

आयोगले यादवलाई भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवाना सजायसहित गैरकानूनी सम्पत्ति जफत गर्न मागदाबी गरेको छ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ४ : ३५ बजे

रसुवाको भोटेकोसीमा राहतका लागि सरकारी संयन्त्रसँग समन्वय गर्न आग्रह

काठमाडौं– रसुवाको भोटेकोसीमा बाढीपीडितका लागि राहत तथा उद्धार कार्यलाई व्यवस्थित

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

काठमाडौं– भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौं ल्याएकामध्ये ५९

भोटेकोशी बाढी : खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको