श्रीलंका र भारतबीच संयुक्त नौसैनिक अभ्यास सम्पन्न « Khabarhub

श्रीलंका र भारतबीच संयुक्त नौसैनिक अभ्यास सम्पन्न


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंका र भारतबीचको संयुक्त नौसैनिक अभ्यास सम्पन्न भएको छ । श्रीलंकाको राजधानी कोलम्बो नजिकै दुबै देशका नौसेनाले संयुक्त अभ्यास गरेका हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार यो अभ्यास गत अगस्ट १८ मा सम्पन्न भएको हो । यस अभ्यासलाई स्लिनेक्स–२५ नाम दिइएको छ ।

अभ्यासका क्रममा दुबै देशका नौसेनाले विस्तृत अभियान सञ्चालनबारे प्रशिक्षण लिएका थिए । अभ्यासमा श्रीलंकाका तर्फबाट गस्ती युद्धपोत एसएलएनएस विजयवाहु र एसएलएनएस सौर्यले सहभागिता जनाएका थिए ।

त्यसैगरी, श्रीलंकाली वायुसेनाको बेल ४१२ हेलिकोप्टर पनि अभ्यासमा सहभागी रहेको एएनआईले उल्लेख गरेको छ । भारतका तर्फबाट भारतीय नौसेनाको ट्याङ्कर क्लास आईएनएस ज्योति र डिस्ट्रोयर क्लास आईएनएस रानाले सहभागिता जनाएका थिए ।

यसअघि सन् २०२४ को डिसेम्बर महिनामा दुई देशका नौसेनाले यस्तो संयुक्त अभ्यास सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ८ : १५ बजे

२४ घण्टाभित्र इरानका दुई सय बढी ठाउँमा हमला

जेरुसेलम– इजरायली वायुसेनाले पछिल्लो २४ घण्टामा पश्चिमी र मध्य इरानका

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौं महानगर

काठमाडौं– सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौं

ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई आप्रवासी कामदारको मृत्यु

मुस्काट- ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई जनाको ज्यान गएको छ

घर फर्किने क्रममा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

खलङ्गा– दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक

काठले च्यापिएर एक जनाको मृत्यु

त्रिवेणी– जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक