श्रीलंका र भारतबीच संयुक्त नौसैनिक अभ्यास सम्पन्न « Khabarhub

श्रीलंका र भारतबीच संयुक्त नौसैनिक अभ्यास सम्पन्न


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंका र भारतबीचको संयुक्त नौसैनिक अभ्यास सम्पन्न भएको छ । श्रीलंकाको राजधानी कोलम्बो नजिकै दुबै देशका नौसेनाले संयुक्त अभ्यास गरेका हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार यो अभ्यास गत अगस्ट १८ मा सम्पन्न भएको हो । यस अभ्यासलाई स्लिनेक्स–२५ नाम दिइएको छ ।

अभ्यासका क्रममा दुबै देशका नौसेनाले विस्तृत अभियान सञ्चालनबारे प्रशिक्षण लिएका थिए । अभ्यासमा श्रीलंकाका तर्फबाट गस्ती युद्धपोत एसएलएनएस विजयवाहु र एसएलएनएस सौर्यले सहभागिता जनाएका थिए ।

त्यसैगरी, श्रीलंकाली वायुसेनाको बेल ४१२ हेलिकोप्टर पनि अभ्यासमा सहभागी रहेको एएनआईले उल्लेख गरेको छ । भारतका तर्फबाट भारतीय नौसेनाको ट्याङ्कर क्लास आईएनएस ज्योति र डिस्ट्रोयर क्लास आईएनएस रानाले सहभागिता जनाएका थिए ।

यसअघि सन् २०२४ को डिसेम्बर महिनामा दुई देशका नौसेनाले यस्तो संयुक्त अभ्यास सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ८ : १५ बजे

अञ्जनाको गुनासो सम्बोधन भएको ‘परिवर्तन’को ट्रेलर

काठमाडौं – फिल्म ‘पुजार सार्की’बाट फुल फ्लेज नायिका बनेकी अञ्जना

पार्टी एकढिक्का राख्न संवादको ढोका खुला छ : नेता कार्की

काठमाडौं– नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई एकढिक्का राख्न लचकताका

कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथदेवलबाट फरार एक कैदी

विशेष महाधिवेशनको दबाब बढेपछि महामन्त्रीद्वयसँग वार्ता गर्न तयार भए देउवा

काठमाडौं- दोस्रो विशेष महाधिवेशनका कारण तीव्र दबाबमा परेका नेपाली कांग्रेसका

फ्लप भयो प्रदीप खड्का स्टारर ‘एक्लो’

काठमाडौं – नायक प्रदीप खड्काको अभिनय रहेको फिल्म ‘एक्लो’ बक्स