प्रहरी अतिरिक्त महानिरीक्षक शर्माको बिदाइ « Khabarhub

प्रहरी अतिरिक्त महानिरीक्षक शर्माको बिदाइ


१३ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) कृष्णहरि शर्माको आज एक कार्यक्रमकाबीच बिदाइ गरिएको छ ।

आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक दीपक थापाले प्रहरी सेवाबाट सेवानिवृत्त हुन लागेका शर्माको बिदाइ गरेका हुन् ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले सेवानिवृत्त हुन लाग्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक शर्माले सङ्गठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, सङ्गठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारिताका साथ सम्पन्न गरेको चर्चा गरे ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापाले सेवानिवृत्त हुन लाग्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक कृष्ण हरि शर्मालाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा सेवानिवृत्त हुन लाग्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक शर्माले आफ्नो सेवा अवधिमा गरेका कार्यहरूको अनुभवसहितको मन्तव्य व्यक्त गरेका थिए ।

सेवानिवृत्त हुन लाग्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक शर्मा २०५२ साल कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा नियुक्त हुनु भई प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी अतिरिक्त महानिरीक्षक शर्मा उमेरहदका कारण यही भदौ १५ गतेबाट सेवानिवृत्त हुन लागेका हुन् ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : १३ भदौ २०८२, शुक्रबार  १० : ५० बजे

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई