वेस्ट इन्डिजसँगको दोस्रो भिडन्त आज : एक खेल अगाडि सिरिज जित्ने नेपालको लक्ष्य « Khabarhub

वेस्ट इन्डिजसँगको दोस्रो भिडन्त आज : एक खेल अगाडि सिरिज जित्ने नेपालको लक्ष्य

पहिलो ऐतिहासिक जितले उत्साहित नेपाली टिम


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमले आज विश्व विजेता वेस्ट इन्डिजसँग दोस्रो खेल खेल्दैछ। टी-२० सिरिज अन्तर्गत शनिबार भएको पहिलो खेलमा १९ रनको ऐतिहासिक जित निकालेको नेपाल आज उत्साहका साथ मैदानमा हुनेछ।

नेपाली समय अनुसार राति ८ः१५ मा सुरु हुने यो भिडन्त यूएईको दुवइस्थित सारजहा क्रिकेट मैदानमा हुनेछ।

पहिलो खेलमा सुरुमा ब्याटिङ गरेको नेपालले १४८ रन बनाएको थियो। नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सकेको थियो।

पहिलो खेलमा १९ रनको ऐतिहासिक जित निकालेको नेपाल लगातार जित निकाल्दै एक खेल अगाडि नै सिरिज आफ्नो पक्षमा पार्ने दाउमा छ। वेस्ट इन्डिजले भने सम्हालिएर प्रदर्शन गर्दै अबको खेल आफ्नो पक्षमा पार्ने लक्ष्य लिएको छ। अघिल्लो खेलमा नेपाललाई कमजोर अनुमान गर्दा पराजित हुनुपरेको वेस्ट इन्डिजका कप्तान अकिल हुसेनले स्वीकार गरिसकेका छन्।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिमले क्रिकेट इतिहासमै पहिलो पटक टेस्ट राष्ट्रलाई हराएको हो। वेस्ट इन्डिजविरुद्धको सिरिज जित्ने नेपालको लक्ष्य रहेको कप्तान पौडेलको भनाइ छ।

नेपाल र वेस्ट इन्डिजविरुद्धको सिरिजको फाइनल खेल मंगलबार हुँदैछ।

वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली खेलाडी
रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम।

नेपालसँग खेल्ने वेस्ट इन्डिज टोली

नेपालसँग खेल्ने टिममा अकिल होसेन (कप्तान), फेबियन एलन, ज्वेल एन्ड्रयु, अकिम अगेस्ट, नविन बिदाइस, जेडियाह ब्लेड्स, केसी कार्टी, करिमा गोरे, जेसन होल्डर, आमिर जाङ्गु, काइल मेयर्स, ओबेड म्याककोय, जिशान मोटारा, रामोन सिमोन्ड्स र शमार स्प्रिङ्गर छन्।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ६ : ४९ बजे

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज

दसैँको रौनक : ‘परिवार’को ‘रातो टीका’ गीत सार्वजनिक

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ ले पनि दर्शकलाई

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण