मुस्ताङमा नौ महिनामा एक लाख दुई हजार विदेशी पर्यटक भित्रिए « Khabarhub

मुस्ताङमा नौ महिनामा एक लाख दुई हजार विदेशी पर्यटक भित्रिए


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा सन् २०२५ को जनवरीदेखि सेप्टेम्बर २८ तारिखसम्ममा एक लाख आठ हजार ६८६ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् ।

अघिल्लो वर्ष सोही अवधिमा यहाँ एक लाख दुई हजार ८९४ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । गतवर्षको तुलनामा पाँच दशमलव ३२ प्रतिशतले वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।

सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा कुल एक लाख ३५ हजार ७१९ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । यो अनुपात कायम राख्न सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्ममा थप २७ हजार ३३ जना अर्थात् १९ दशमलव ९१ प्रतिशत विदेशी पर्यटक वृद्धि हुनुपर्छ ।

तर यस यामको अनुकूल पर्यटक ‘सिजन’मा प्रतिकूल मौसम र युवाहरूको जेनजी आन्दोलनको उत्पन्न परिस्थितिका कारण कम विदेशी पर्यटक आएका एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले बताए । उनका अनुसार सन् २०२४ को सेप्टेम्बरमा ११ हजार ७८५ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत यहाँका पृथक भूगोल, प्राचीन धार्मिक गुम्बा, मठमन्दिर, माने छोर्तेन, पुराना मानव निर्मित गुम्बा र यहाँको मनोरम हिमशृङ्खला अवलोकन गर्न विदेशी पर्यटक भित्रिने गरेका छन् ।

उपल्लो मुस्ताङको ऐतिहासिक लोमान्थाङ दरबार, छोसेर गुफा, मुक्तिनाथ मन्दिर, ढुम्बाताल लगायतका पर्यटकीय गन्तव्यहरू यहाँका महत्वपूर्ण पर्यटकीय सम्पदाहरू रहेको एक्यापले उल्लेख गरेको छ । (रासस)

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  १० : २२ बजे

मन्त्री लम्सालले भने- खानेपानी उपभोक्ताको माग सम्बोधन गर्छौँ

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुंगा सुरुङमार्ग उद्घाटन स्थलमा प्रदर्शन

काँकडभिट्टा-लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

भद्रपुर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति आयोजनाको

गायक दर्जीमाथि हातपात प्रकरण: निष्पक्ष छानबिन गर्न नीता ढुङ्गानाको माग

काठमाडौँ – बालकलाकार तथा गायक अशोक दर्जीमाथि दुर्व्यवहार गरिएको भिडियो

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छ : मन्त्री गौतम

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको चाहनाअनुरूप

प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता

काठमाडौं– चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा