मोरङमा विधिपूर्वक भित्र्याइयो फूलपाती « Khabarhub

मोरङमा विधिपूर्वक भित्र्याइयो फूलपाती


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बडा दशैंको सातौँ दिन सोमबार मोरङका विभिन्न स्थानमा परम्परागत विधिअनुसार फूलपाती भित्र्याइएको छ । 

विराटनगरको जिल्ला अदालत प्रांगणबाट बाजागाजासहित सुरु भएको धार्मिक र्‍यालीले फूलपाती बढाई गर्दै नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । फूलपाती भित्र्याउने क्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी दलले दशैघरस्थित दुर्गा भवानीको मूर्तिमा सम्मान अर्पण गरेका थिए ।

दशैँघरमा राखिने परम्पराअनुसार उखु, अदुवा, बेलपत्र, दारिम, अशोक फूललगायतका नवपत्रिका फूलपाती भित्र्याइएको हो । यसैबीच मोरङका विभिन्न शक्तिपीठमा पूजाआजाका लागि भक्तजनहरूको ठूलो भीड लागेको छ । 

विराटनगरको ऐतिहासिक काली मन्दिरमा सयौँ भक्तजनले पूजा आराधना गरेका छन् फूलपातीसँगै शक्तिपीठहरूमा पूजाआजा गर्ने भक्तजनहरूको भीडभाड बढ्ने परम्परा रहँदै आएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  १ : ३८ बजे

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन

‘मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं– नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका रुपमा

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन