मुलुक जोगाउन दलको नेतृत्व युवाहरूलाई दिनुपर्छ : घनश्याम भुसाल « Khabarhub

मुलुक जोगाउन दलको नेतृत्व युवाहरूलाई दिनुपर्छ : घनश्याम भुसाल


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकलाई असफलताबाट जोगाउनका लागि राजनीतिक दलको नेतृत्व युवाहरूलाई दिनुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा सञ्चारकर्मीसँग छलफलका क्रममा भुसालले मुलुक अहिलेको अवस्थामा पुग्नुका कारण मरणोपरान्त सत्ताभोगका लागि राजनीतिक दललाई कब्जा गरेर बसेका मुख्य नेताहरू नै रहेको भन्दै मुलुकलाई असफलताबाट जोगाउनका लागि नेतृत्व युवाहरूलाई दिनुपर्ने बताएका हुन् ।

अहिले पनि मुख्य राजनीतिक पार्टीहरूमा संस्थागत सुधारको परिणाममुखी पहलकदमी नदेखिएको उनले बताए । 

उनले कुनै पनि बहानामा मुख्य नेताहरूले अहिलेको परिस्थितिलाई नजरअन्दाज गर्न खोजे मुलुकलाई अर्को चक्रबाट बचाउन नसकिने जिकिर गरे ।

अब पनि दलहरू गम्भीर हुन नसके उनीहरुविरुद्ध युवाहरूको विरोध बढ्दै जाने र अराजनीतिक–अपराधीक समूह तथा प्रतिगामीले खेल्ने ठाँउ पाउने उनको भनाइ छ । उनले तत्काल त्रासदीपूर्ण सम्भावनालाई रोक्न बामपन्थी आन्दोलनका सबै इमानदार राजनीतिकर्मीहरूले तत्कालै सक्रियता लिनुपर्ने धारणा राखे ।

भुसालले मुलुकलाई नयाँ बिन्दुमा लैजाने अहिले महत्वपूर्ण अवसर भएको समेत बताए ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ३ : ५० बजे

‘कुमारी’का विदेश प्रदर्शन तय

काठमाडौं – दिनेश राउत निर्देशित लभ स्टोरी फिल्म ‘कुमारी’ विदेशमा

दक्षिण सुडानको जोङ्लेई राज्यको अवस्था बिग्रँदै

न्यूयोर्क– संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले दक्षिण

निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक उम्मेदवारको विवरण अपूरो

काठमाडौं – निर्वाचन आयोगले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको उम्मेदवारको सूचीमा

खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित एक जनालई पक्राउ

आयातित स्वास्थ्य उपकरणको विवरण उपलब्ध गराउन  विभागको आग्रह

काठमाडौं– औषधि व्यवस्था विभागले आयात गरिने स्वास्थ्य सामग्री तथा उपकरणको