खार्पुनाथमा आमा र शिशुलाई पोषण सामग्री सहयोग « Khabarhub

खार्पुनाथमा आमा र शिशुलाई पोषण सामग्री सहयोग


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सिमकोट– यहाँको खार्पुनाथ गाउँपालिकाले आफ्ना वडामा रहेका सुनौलो हजार दिनका आमा र शिशुलाई पोषणयुक्त खानेकुरा र सरसफाइसम्बन्धी सामग्री प्रदान गरेको छ । आमा र शिशुलाई कुपोषणबाट जोगाउन र सरसफाइमा सहजताका लागि गाउँपालिका स्वास्थ्य शाखाले सामग्री प्रदान गरेको हो । 

प्रत्येक वडाका सुनौलो हजार दिनमा आमा र शिशुलाई पोषण, सरसफाइका सामग्री सहयोग गरिएको खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिभक्त शाहीले बताए। उक्त उमेर समूहका आमा र शिशुको पोषणमा सुधार ल्याउन र सरसफाइ गर्न सहयोग गर्न गाउँपालिकाले वार्षिक कार्यक्रम तय गरेर सहयोग गरेको हो । 

गाउँँपालिकाभरी २११ जना सुनौलो हजार दिनको आमा र त्यति नै सङ्ख्यामा शिशु छन् । उनीहरु सबैलाई ती सामग्री वितरण गरिएको उनले बताए । स्वास्थ्य शाखाले उपलब्ध गराएको विवरणअनुसार सहयोग गरिएका सामानमा घ्यू, मार्सी चामल, अण्डा, हर्लिक्स, च्यवनप्रास छन्भने सरसफाइका सामानमा बाटा, बाल्टी, साबुन छन् । 

त्यसैगरी ग्रिनहाउस निर्माणका लागि पाल र गार्डेन पाइप पनि प्रदान गरिएको छ । खार्पुनाथ गाउँपालिका–२ को थाली स्वास्थ्य चौकी इन्चार्ज वीरसिंह रावलले आफ्नो वडाभित्रका ३५ जना सुनौलो हजार दिनका आमा र शिशुलाई पोषण तथा सरसफाइसम्बन्धी सामान प्रदान गरिएको बताए । 

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ४ : ४३ बजे

खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित एक जनालई पक्राउ

आयातित स्वास्थ्य उपकरणको विवरण उपलब्ध गराउन  विभागको आग्रह

काठमाडौं– औषधि व्यवस्था विभागले आयात गरिने स्वास्थ्य सामग्री तथा उपकरणको

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कुल अफ मेडिसिनको डिनमा नवीसमान नियुक्त

काठमाडौं– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको स्कुल अफ मेडिसिनको डिनमा

तत्कालीन माओवादी केन्द्र काठमाडौं महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश

काठमाडौं– नेकपा माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटीका तत्कालीन अध्यक्ष राजेश

सुनको मूल्य सवा तीन लाख पुग्दा पनि बजारमा चहलपहल

काठमाडौं– नेपाली बजारमा एक पछि अर्को दिन आज पनि सुनको