प्रधानमन्त्री कार्कीको आह्वानमा आज सरकार, दल र जेनजीका प्रतिनिधिसहितको बैठक बस्दै « Khabarhub

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सरकार, दल र जेनजीका प्रतिनिधिसहितको बैठक बस्दै


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, दल र जेनजीका विभिन्न समूहका प्रतिनिधिहरुसहितको त्रिपक्षीय बैठक आज बस्दैछ । 

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बस्नेगरी  बोलाइएको छ ।

गत भदौ २७ गते प्रधानमन्त्री बन्नु भएकी प्रधानमन्त्री कार्कीले पहिलो पटक दल र जेनजीका प्रतिनिधिलाई एकै ठाँउमा राखेर छलफल गर्न लागेकी हुन् ।

प्रधानमन्त्री कार्की तिहार अगाडि दलका प्रतिनिधिहरूसँग छलफल गरेकी थिइन् । उक्त बैठकमा जेनजी प्रतिनिधिहरूलाई बोलाइएको थिएन ।

बैठकमा आगामी फागुन २१ गतेका लागि तोकिएको समयमा निर्वाचन सफल पार्नका लागि सबै पक्षले आआफ्नो क्षेत्रबाट खेल्नुपर्ने भूमिका, परिवर्तित परिस्थितिमा जेनजीले उठाएका माग सम्बोधन लगायत विषयमा छलफल हुने बताइएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार निर्वाचनको माहोल बनाउन संयुक्त बैठक आयोजना गरिएको हो । उनले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षसँग चरणबद्ध वार्ता र छलफलको क्रम जारी रहेको जानकारी दिएका छन् । 

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ६ : ३५ बजे

विश्वकपमा आज तीन खेल : पहिलो खेलमा दक्षिण अफ्रिका र अफगानिस्तान भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत मंगलबार तीन खेल हुँदैछन्।

कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्‍याे : शेखर कोइराला

विराटनगर– नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नम्बर ६ का

आहा रारा गोल्डकप : आज जावलाखेल र मछिन्द्र क्बल खेल्दै

काठमाडौं–  २५औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलमा आज जावलाखेल युथ

बाघ निकम्मा भएपछि राजनीतिमा वनबिरालाको चुरीफुरी !

छातीमा वाण लागेपछि मृत्यु शैय्यामा रहेका बाली श्रीरामको मर्यादामाथि प्रश्न

कुखुरामा इकोलाईको समस्या

चितवन– चितवनमा पालिएका कुखुरामा इकोलाईको समस्या देखिएको छ । राष्ट्रिय