प्रधानमन्त्री कार्कीको आह्वानमा आज सरकार, दल र जेनजीका प्रतिनिधिसहितको बैठक बस्दै « Khabarhub

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सरकार, दल र जेनजीका प्रतिनिधिसहितको बैठक बस्दै


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, दल र जेनजीका विभिन्न समूहका प्रतिनिधिहरुसहितको त्रिपक्षीय बैठक आज बस्दैछ । 

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बस्नेगरी  बोलाइएको छ ।

गत भदौ २७ गते प्रधानमन्त्री बन्नु भएकी प्रधानमन्त्री कार्कीले पहिलो पटक दल र जेनजीका प्रतिनिधिलाई एकै ठाँउमा राखेर छलफल गर्न लागेकी हुन् ।

प्रधानमन्त्री कार्की तिहार अगाडि दलका प्रतिनिधिहरूसँग छलफल गरेकी थिइन् । उक्त बैठकमा जेनजी प्रतिनिधिहरूलाई बोलाइएको थिएन ।

बैठकमा आगामी फागुन २१ गतेका लागि तोकिएको समयमा निर्वाचन सफल पार्नका लागि सबै पक्षले आआफ्नो क्षेत्रबाट खेल्नुपर्ने भूमिका, परिवर्तित परिस्थितिमा जेनजीले उठाएका माग सम्बोधन लगायत विषयमा छलफल हुने बताइएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार निर्वाचनको माहोल बनाउन संयुक्त बैठक आयोजना गरिएको हो । उनले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षसँग चरणबद्ध वार्ता र छलफलको क्रम जारी रहेको जानकारी दिएका छन् । 

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ६ : ३५ बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार