त्रिविद्वारा शैक्षिक क्यालेण्डर सार्वजनिक « Khabarhub

त्रिविद्वारा शैक्षिक क्यालेण्डर सार्वजनिक


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि सुरु हुने शैक्षिकसत्रका लागि ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरेको छ ।

त्रिविले यसै शैक्षिकसत्रका लागि स्नातक तह वार्षिक परीक्षा र सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तह सेमेष्टर प्रणालीको ‘शैक्षिक क्यालेण्डर’ मंगलबार सार्वजनिक गरेको हो । 

त्रिविका शिक्षाध्यक्ष प्रा डा खड्ग केसीले त्रिविको प्राज्ञिक परिषद्बाट निर्णय गरेर नै  ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरिएको जानकारी दिए । उनले समयमा नै कक्षा सञ्चालन, परीक्षा र परीक्षाफल प्रकाशन गर्नका लागि ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरिएको बताए । 

उनले त्रिविका ६४ आङ्गिकसहित सम्बन्धनप्राप्त क्याम्पस र ४४ केन्द्रीय निकायलाई ‘शैक्षिक क्यालेण्डर’अनुसार कक्षा सञ्चालन, परीक्षा र परीक्षाफल प्रकाशन गर्न निर्देशनसमेत दिइसकेको जानकारी दिए । 

त्रिविले स्नातक तहको चार वर्षे वार्षिक कार्यक्रम र आठ सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तहका चार वटा सेमेष्टर प्रणालीको ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरेको हो । 

‘शैक्षिक क्यालेण्डर’अनुसार स्नातक तह सेमेष्टर प्रणालीको भर्ना परीक्षा फारम यही कात्तिकसम्म, प्रवेश परीक्षा, भर्ना र कक्षा सञ्चालन मङ्सिरलाई तोकिएको छ । 

स्नातक तहतर्फ आठवटा सेमेष्टर भएकाले निर्धारित समममा भर्ना, कक्षा सञ्चालन, परीक्षा र परीक्षाफल प्रकाशित गर्ने कार्यतालिका शैक्षिक क्यालेण्डरमा रहेको छ । 

प्रथम सेमेष्टरको परीक्षा यही २०८२ चैतभित्र र परीक्षाफल २०८२ असारमा प्रकाशित गर्ने क्यालेण्डरमा उल्लेख गरिएको छ ।

यस्तै, स्नातक तहको आठ सेमेष्टर निर्धारित चार वर्षमा सक्नेगरी क्यालेण्डर बनाइएको छ । आठ सेमेष्टरको कक्षा सञ्चालन २०८६ माघमा, परीक्षा २०८७ जेठ र परीक्षाफल प्रकाशित २०८७ भदौमा गर्ने उल्लेख छ । 

यस्तै स्नातक तहको वार्षिक कक्षाका लागि साउनदेखि मङ्सिरसम्म भर्ना र मङ्सिरदेखि कक्षा सञ्चालन, २०८३ वैशाखमा परीक्षा फारम भर्ने, २०८३ साउनमा परीक्षा र २०८३ कात्तिकमा परीक्षाफल प्रकाशन गर्ने क्यालेण्डरमा उल्लेख गरिएको छ ।

यस्तै, वार्षिक कक्षाअन्तर्गत चार वर्षको अध्ययन २०८५ चैतमा सक्ने त्रिविको लक्ष्य  रहेको छ । चौथौँ वर्षको कक्षा सञ्चालन २०८४ चैतमा सुरु, २०८५ को कात्तिकमा परीक्षा फारम भर्ने, सोही वर्षको पुसमा परीक्षा र चैतमा परीक्षाफल प्रकाशित गर्ने कार्यतालिका क्यालेण्डेरमा उल्लेख गरिएको छ । 

यस्तै त्रिविले स्नातकोत्तर तहको सेमेष्टर प्रणालीअन्तर्गतको यस शैक्षिकसत्रदेखि सञ्चालन हुने पढाइको पनि शैक्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । 

क्यालेण्डरअनुसार २०८२ सालको शैक्षिकसत्रका लागि प्रथम सेमेष्टरको भर्नाका लागि फारम वितरण यही मङ्सिरमा, पुसमा प्रवेश परीक्षा, माघदेखि कक्षा सञ्चालन, परीक्षा जेठ र २०८३ भदौमा परीक्षाफल प्रकाशित गर्ने कार्यतालिका रहेको छ । 

यस्तै २०८२ सालमा भर्ना भएका विद्यार्थी २०८४ मङ्सिरमा पढाइ पूरा गर्नेछन् । शैक्षिकसत्रको चौथो सेमेष्टरको कक्षा सञ्चालन २०८४ वैशाख, परीक्षा भदौ र परीक्षाफल सोही वर्षको मङ्सिरमा हुनेछ । 

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  १२ : २५ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका