गाजामा भएको इजरायली आक्रमणमा परी ६० जनाको मृत्यु « Khabarhub

गाजामा भएको इजरायली आक्रमणमा परी ६० जनाको मृत्यु


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ- गाजामा रातभर इजरायली हवाई आक्रमणमा कम्तीमा ६० जना नागरिकको ज्यान गएको छ । मारिनेमा बालबालिका र महिलाहरू पनि रहेका छन् । स्थानीय अस्पतालका अधिकारीहरूले बुधबार जानकारी दिँदै यो घटनालाई यस महिनाको सुरुदेखि लागू भएको नाजुक युद्धविरामका लागि सबैभन्दा गम्भीर चुनौती भएको बताएका छन् ।

यो घटनापछि गाजामा पुनः तनाव चर्किएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै गाजामा ‘शक्तिशाली आक्रमण’ गर्न सेनालाई निर्देशन दिएका थिए । उक्त निर्देशनपछि रातभर गाजाका विभिन्न क्षेत्रमा तीव्र बमबारी गरिएको थियो । प्रतिक्रियामा हमासले अर्को बन्धकको शव हस्तान्तरणमा ढिलाइ गर्ने चेतावनी दिएको छ ।

मध्य गाजाको देइर अल–बालाहस्थित अल–अक्सा अस्पतालमा इजरायली हवाई आक्रमणपछि तीन महिला र छ बालबालिका सहित कम्तीमा १० जनाको शव ल्याइएको अस्पतालको स्रोतले जनाएको छ । दक्षिणी गाजाको खान युनुसस्थित नासेर अस्पतालमा पाँच वटा हवाई आक्रमणपछि २० शव पुर्‍याइएको थियो, जसमा १३ बालबालिका र दुई महिला रहेका थिए । त्यसैगरी, मध्य गाजाको अर्को अस्पताल अल–अवदामा ३० वटा शव ल्याइएको छ । तीमध्ये १४ जना बालबालिका रहेको पुष्टि गरिएको छ ।

घाइतेहरूको ठूलो भीडका कारण अस्पतालहरूमा उपचारका साधनहरू अभाव भएको चिकित्सकहरूले बताएका छन् । इजरायली पक्षका एक अधिकारीका अनुसार दक्षिणी गाजामा इजरायली सेनामाथि गोली प्रहार भएको घटनापछि नेतान्याहुले आक्रमणको आदेश दिएका हुन् । सो आक्रमण सोमबार हमासले एउटा बन्धकको ‘आंशिक अवशेष’ हस्तान्तरण गरेपछि भएको जनाइएको छ ।

इजरायलले ती अवशेष युद्धको सुरुआती चरणमा अपहरणमा परेका आफ्ना नागरिकका भएको दाबी गरेको छ । संयुक्त राज्य अमेरिकाले स्थिति नियन्त्रणमा ल्याउन कूटनीतिक पहल थालेको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ‘हिंसात्मक झडपहरू चाँडै अन्त्य हुने’ आशा व्यक्त गरेका छन् ।

तर, गाजामा भइरहेका निरन्तर आक्रमण र तीव्र हताहतीका घटनाले युद्धविराम पुनः जोखिममा परेको विश्लेषकहरूको ठम्याइ छ । दर्जनौँ परिवारहरू अहिले भग्नावशेषभित्र बेपत्ता रहेका छन् भन्दै स्थानीय अधिकारीहरूले यदि आक्रमण रोकिएन भने मानवीय सङ्कट झनै भयावह बन्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  १२ : ५५ बजे

विश्वकप छनोट तयारी : आज मुलपानी मैदानमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको

जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक

सर्लाही – जिल्लाको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो

कास्की – पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ९ बजे

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर अस्पताल भर्ना

क्वालालम्पुर – मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद मङ्गलबार आफ्नै निवासमा लडेर