निर्वाचनपछि पार्टीको महाधिवेशन गर्न उपयुक्त हुन्छ : प्रवक्ता महत « Khabarhub

निर्वाचनपछि पार्टीको महाधिवेशन गर्न उपयुक्त हुन्छ : प्रवक्ता महत


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिनिधिसभाको निर्वाचनपछि पार्टीको महाधिवेशन गर्न उपयुक्त हुने बताएका छन् ।

बीपी चिन्तन प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको वर्तमान अवस्थामा कांग्रेसको भूमिका विषयक कार्यक्रममा महतले अहिले पार्टी एकताबद्ध भएर निर्वाचनमा ध्यान केन्द्रीत गर्नुपर्ने र निर्वाचनपछि पार्टीको महाधिवेशन गर्न उपयुक्त हुने बताएका हुन् । उनले चैत्र–बैशाखसम्म महाधिवेशन गर्ने गरि अहिले नै केन्द्रीय समितिबाट कार्यतालिका बनाएर निर्वाचनमा होमिनुपर्ने सुझाव दिए ।

महतले पार्टी नेतृत्वमा पनि पार्टीभित्र बहस गर्ने व्यक्ति आउनुपर्ने जिकिर गरे । पार्टीभित्र केही नभन्ने र बाहिर बेग्लै कुरा गर्ने दोहोरो मापदण्डले पार्टीलाई कमजोर बनाएको उनको भनाइ छ ।

त्यस्तै प्रवक्ता महतले शासन सत्ता सञ्चालन गर्ने क्रममा भएको कमजोरी र अन्तराष्ट्रिय सम्बन्धमा असन्तुलनको अवस्था देखिएका कारण अहिलेको अवस्था आएको जिकिर गरे ।

उनले निर्वाचन प्रणालीका कारण संयुक्त सरकार गठन गर्नुपर्ने र सरकार गठनका लागि जे पनि गर्ने दलहरूको प्रकृतिले जनतामा निराशा छाएको बताए। संयुक्त सरकारमा सहभागी हुँदा एउटा पार्टीलाई सुशासनको पक्षमा उभिन निकै गाह्रो भएको उनको भनाइ छ ।

महतले जेन-जीलाई माध्यम बनाएर लोकतान्त्रीक पद्दती र देशलाई नै कमजोर पार्ने काम भएको उल्लेख गरे ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ४ : ४५ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा