पाकिस्तानको बलोचिस्तानमा दुई जना पक्राउ, जबरजस्ती बेपत्ता पारिएको परिवारको आशङ्का « Khabarhub

पाकिस्तानको बलोचिस्तानमा दुई जना पक्राउ, जबरजस्ती बेपत्ता पारिएको परिवारको आशङ्का


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको सुरक्षाबलले बलोचिस्तानमा दुई जनालाई नियन्त्रणमा लिएको छ । सुरक्षाकर्मीले बलोचिस्तानको कोलवाह र खरान जिल्लाबाट दुई जनालाई नियन्त्रणमा लिएको हो ।

द बलोचिस्तान पोस्टका अनुसार सुरक्षाकर्मीले कोलवाह जिल्लाको अशल क्षेत्रबाट रियाजी नाम गरेका व्यक्तिलाई नियन्त्रणमा लिएको हो । उनलाई फ्रन्टियर कोरका सैनिकले नियन्त्रणमा लिएको जनाइएको छ । उनको अवस्था अझै अज्ञात छ ।

त्यसैगरी, खरानबाट प्रतिआतंकवाद विभाग र गुप्तचर निकायले लेभी नामक अर्धसैनिक बलका एक सदस्यलाई पनि नियन्त्रणमा लिएको छ । हाजी मोहम्मद हुसैन कुबदानीका छोरा बशिर अहमद कुबदानीका रुपमा उनको पहिचान गरिएको छ ।

उनको अवस्था पनि अज्ञात छ । घटनापछि बशिर अहमदका परिवारले उनलाई नियन्त्रणमा लिइनुको कारणबारे आफूहरुलाई केही जानकारी नभएको जनाएका छन् ।

उनलाई जबरजस्ती बेपत्ता पारिएको हुनसक्ने आशङ्का गरिएको छ । यसबारे अधिकारीहरुले कुनै औपचारिक जानकारी दिएका छैनन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ४ : ४२ बजे

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ– आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको

स्टार बनाउने ‘गडफादर’ : कसले कसलाई दिए ब्रेक ?

काठमाडौँ- सामान्यताः अरुले प्रभुत्व जमाइरहेको क्षेत्रमा नयाँ व्यक्तिलाई अवसर मिल्न

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब २३ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज– चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब २३