मेची राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक « Khabarhub

मेची राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

इलाम– मेची राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । गत १८ गतेको बाढी पहिरोले सडकका विभिन्न खण्ड जोखिमयुक्त रहेकाले रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको हो । 

१३ गतेदेखि कार्यान्वयन हुने गरी बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।

 जल तथा मौसम विज्ञान विभाग एवम् राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार बङ्गालको खाडीमा विकसित चक्रवात मोन्थाका कारण १३ गते दिउँसोदेखि कात्तिक १५ गते शनिबार सम्म कोशी प्रदेशको इलामसहित देशका धेरै स्थानमा मौसम प्रभावित हुने देखिएकाले सवारी सञ्चालनमा रोक लगाइएको हो । 

इलाममा यस अघिसमेत बाढीपहिरोबाट सयौँ घर विस्थापित भएका छन् । जिल्ला प्रशासनकाअनुसार गत असोज १८ गतेको बाढीकै कारण जिल्लामा ३९ जनाले ज्यान गुमाए । ३३६ घर पूर्णरुपमा क्षति भएका छन् । ८२८ घरमा आंशिक क्षति भएको र ११ परिवारले सामुदायिक भवनमा तथा ४३८ परिवारले आफन्त र छिमेकीकोमा आश्रय लिइरहेका छन् । 
 

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ६ : ३९ बजे

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको