‘चीनले सैन्य प्रयोजनका लागि ताइवान स्ट्रेमा नागरिक जहाजको प्रयोग गर्‍यो’ « Khabarhub

‘चीनले सैन्य प्रयोजनका लागि ताइवान स्ट्रेमा नागरिक जहाजको प्रयोग गर्‍यो’


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनले ‘ग्रे जोन’ रणनीतिअन्तर्गत ताइवान स्ट्रेमा नागरिक जहाजको प्रयोग गरिरहेको पाइएको छ । अमेरिकामा आधारित थिङ्कट्याङ्कले चिनियाँ समुद्री अर्धसैनिक बलले विभिन्न माछा मार्ने जहाजको प्रयोग गरिरहेको जनाएको हो ।

चीनले कुनै पहिचान अङ्कित नभएका तथा माछा मार्ने जहाजलाई दोहोरो प्रयोजनका लागि प्रयोग गरिरहेको अमेरिकामा आधारित सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडिज (सीएसआईएस) नामक संस्थाले जनाएको हो । चीनले यी जहाजहरु सर्वेक्षण र धम्की दिने प्रयोजनका लागि प्रयोग गरिरहेको जनाइएको छ ।

सीएसआईएसले ३ सय १५ वटा चिनियाँ जहाजको जीपीएस र एआईएस सङ्केतको विश्लेषणबाट यस्तो देखिएको उल्लेख गरेको छ । सीएसआईएसको टिमले यस विषयमा विस्तृत नक्साङ्कन पनि गरिएको जनाएको छ ।

यो तथ्याङ्क चिनियाँ जनमुक्ति सेनाले सञ्चालन गरेको जोइन्ट स्वर्ड २०२४ ए र २०२४ बी नामक सैन्य अभ्यासका क्रममा संकलिन तथ्यांकका आधारमा उक्त विश्लेषण गरिएको सीएसआईएसले उल्लेख गरेको छ ।

शोधकर्ताहरुले १ सय २८ देखि २ सय ९ वटा चिनियाँ जहाज शङ्कास्पद रहेको पहिचान गरेका थिए । ती जहाजले ३० प्रतिशतभन्दा बढी समय अभ्यास चलिरहेको स्थानमा बिताएका कारण यस्तो निष्कर्ष निकालिएको जनाइएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ६ : ५० बजे

जेन-जी आन्दोलनको जिम्मा सबै राजनीतिक दलले लिनुपर्छ : महामन्त्री बुर्लाकोटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले नेकपा एमालेको

७ रन जोड्दा सुदूरपश्चिमले गुमायो २ विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत जारी

रनको खाता नखोली आउट भए सुदूरपश्चिमका विनोद

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत जारी फाइनल

एमाले महाधिवेशनमा देव गुरुङले उठाए कम्युनिस्ट एकताको मुद्दा

काठमाडौं– नेकपाका नेता देव गुरुङले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध नगरी मुलुकको

एक सय आठ जना महाधिवेशन प्रतिनिधि मनोनीत

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि १०८