‘चीनले सैन्य प्रयोजनका लागि ताइवान स्ट्रेमा नागरिक जहाजको प्रयोग गर्‍यो’ « Khabarhub

‘चीनले सैन्य प्रयोजनका लागि ताइवान स्ट्रेमा नागरिक जहाजको प्रयोग गर्‍यो’


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनले ‘ग्रे जोन’ रणनीतिअन्तर्गत ताइवान स्ट्रेमा नागरिक जहाजको प्रयोग गरिरहेको पाइएको छ । अमेरिकामा आधारित थिङ्कट्याङ्कले चिनियाँ समुद्री अर्धसैनिक बलले विभिन्न माछा मार्ने जहाजको प्रयोग गरिरहेको जनाएको हो ।

चीनले कुनै पहिचान अङ्कित नभएका तथा माछा मार्ने जहाजलाई दोहोरो प्रयोजनका लागि प्रयोग गरिरहेको अमेरिकामा आधारित सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडिज (सीएसआईएस) नामक संस्थाले जनाएको हो । चीनले यी जहाजहरु सर्वेक्षण र धम्की दिने प्रयोजनका लागि प्रयोग गरिरहेको जनाइएको छ ।

सीएसआईएसले ३ सय १५ वटा चिनियाँ जहाजको जीपीएस र एआईएस सङ्केतको विश्लेषणबाट यस्तो देखिएको उल्लेख गरेको छ । सीएसआईएसको टिमले यस विषयमा विस्तृत नक्साङ्कन पनि गरिएको जनाएको छ ।

यो तथ्याङ्क चिनियाँ जनमुक्ति सेनाले सञ्चालन गरेको जोइन्ट स्वर्ड २०२४ ए र २०२४ बी नामक सैन्य अभ्यासका क्रममा संकलिन तथ्यांकका आधारमा उक्त विश्लेषण गरिएको सीएसआईएसले उल्लेख गरेको छ ।

शोधकर्ताहरुले १ सय २८ देखि २ सय ९ वटा चिनियाँ जहाज शङ्कास्पद रहेको पहिचान गरेका थिए । ती जहाजले ३० प्रतिशतभन्दा बढी समय अभ्यास चलिरहेको स्थानमा बिताएका कारण यस्तो निष्कर्ष निकालिएको जनाइएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ६ : ५० बजे

एक वर्षमा सात हजार पाँच सय विपद्का घटना

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक

खैरहनी नगरपालिकाबाट धानको बीउमा ५० प्रतिशत अनुदान

चितवन– चितवनको खैरहनी नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गरी बर्खे धानको

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान