चिनियाँ खतराको जवाफ दिन नयाँ युद्धपोत निर्माण गर्ने ट्रम्पको चाहना « Khabarhub

चिनियाँ खतराको जवाफ दिन नयाँ युद्धपोत निर्माण गर्ने ट्रम्पको चाहना


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनबाट उत्पन्न हुने सम्भावित खतराको जवाफ दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ युद्धपोत निर्माण गर्न चाहेको समाचार सार्वजनिक भएको छ । ट्रम्पले उक्त नौसैनिक युद्धपोतलाई ‘गोल्डेन फ्लिट’ को संज्ञा दिएका छन् ।

हाल राष्ट्रपति ट्रम्पको निर्देशनमा ह्वाइट हाउसको ऐतिहासिक इस्ट विङ भत्काइएको छ । यस्तो अवस्थामा ट्रम्पले हाल रहेका अमेरिकी नौसैनिक युद्धपोतलाई प्रतिस्थापन गर्ने मनस्थिति बनाएको वाल स्ट्रिट जर्नलमा उल्लेख गरिएको छ ।

नौसैनिक तथा ट्रम्प प्रशासनका वरिष्ठ अधिकारीहरु यस्तो प्रकारको महत्वकांक्षी युद्धपोत निर्माणको छलफलमा लागेका छन् । चीनबाट उत्पन्न खतराको जवाफमा यस्तो युद्धपोत निर्माणकोे तयारी भइरहेको जनाइएको छ ।

चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग भेटवार्ता गर्र्नुअघि ट्रम्पले नयाँ युद्धपोत निर्माणको मनस्थिती बनाएको समाचार सार्वजनिक भएको हो ।

यस युद्धपोतमा शक्तिशाली लामो दुरीका क्षेप्यास्त्र रहने जनाइएको छ । वाल स्ट्रिट जर्नलका अनुसार चीनले आफ्नो युद्धपोतको आधुनिकीकरण गरिरहेको चिन्ताबीच अमेरिकामा ‘गोल्डेन फ्लिट’ निर्माणबारे छलफल थालिएको हो ।

‘भोलिको युद्धपोतले साँच्चै लामो दूरीको क्षेप्यास्त्र बोक्नेछ ।’ अमेरिकी नौसेनाका अवकाशप्राप्त अधिकारी एवम् हड्सन इन्स्टिच्युटमा सिनियर फेलो ब्रायन क्लार्कले भनेका छन् । उनी पनि युद्धपोत निर्माणबारेको छलफलमा सहभागी छन् ।

अमेरिकी रक्षा प्रशासन पेन्टागन र ह्वाइट हाउस १५ हजारदेखि २० हजार टन क्षमताको युद्धपोत निर्माणबारे प्रारम्भीक छलफलमा छ । यो युद्धपोतमा सुरक्षाको उच्च प्रबन्ध रहेको जनाइएको छ । युद्धपोतमा हाइपरसोनिक क्षेप्यास्त्र पनि जडान हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ७ : ४७ बजे

लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता

सिद्धार्थनगर– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायत सरकारकी इन्डो–प्यासिफिक

गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौं– प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित

रास्वपा बैठकमा खैलाबैला, सांसदमाथि खनिए कार्यकर्ता

काठमाडौं- बारामा आयोजित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित

‘गाभी’को उच्चस्तरीय टोलीसँग स्वास्थ्यमन्त्री मेहताको छलफल

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालमा खोपको प्रभावकारी

कान्समा ‘एलिफेन्ट्स इन द फग’ लाई जुरी अवार्ड

काठमाडौं- विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्रले ऐतिहासिक सफलता हासिल