भारतमा छठ पर्वका अवसरमा नुहाउने क्रममा डुबेर १३३ जनाको मृत्यु « Khabarhub

भारतमा छठ पर्वका अवसरमा नुहाउने क्रममा डुबेर १३३ जनाको मृत्यु


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको पूर्वी राज्य बिहार र झारखण्डमा छठ पूजाको अवसरमा नुहाउन नदी तथा तलाउमा डुबुल्की मार्ने क्रममा कम्तीमा १३३ व्यक्तिको डुबेर मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

बिहारमा डुबेर १०८ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । छिमेकी मुलुक झारखण्डमा यसरी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ ।

छठपर्व मनाउने क्रममा यी प्रदेशका विभिन्न जिल्लाका नदीनाला र अन्य जलाशयमा डुबेर मृत्यु भएको हो । स्थानीय प्रशासनले बेपत्ताको खोजीका लागि विपद् व्यवस्थापन बलको टोलीहरू परिचालन गरेको जनाएका छन् । 

स्थानीय सञ्चारमाध्यमका अनुसार गोताखोर र प्रहरीको टोली खोजी तथा उद्धारमा संलग्न रहेको छ । अधिकारीहरूले भक्तजनहरूलाई नदी किनारमा सतर्क रहन र धार्मिक स्नानको समयमा गहिरो पानीमा नजान आग्रह गरेका थिए।

छठ पूजाको उत्सवको क्रममा सयौँ हिन्दु भक्तजनहरू नदी र पोखरीको पानीमा घुँडा टेकेर उभिने र डुबुल्की मार्ने गर्छन् । 

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ८ : ०१ बजे

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको