इंग्ल्यान्डविरुद्धको दोस्रो एकदिवसीयमा न्यूजिल्याण्ड पाँच विकेटले विजयी « Khabarhub

इंग्ल्यान्डविरुद्धको दोस्रो एकदिवसीयमा न्यूजिल्याण्ड पाँच विकेटले विजयी


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

ह्यामिल्टन – न्युजिल्यान्डविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा इंग्ल्यान्डले लज्जास्पद हार व्यहोरेको छ। घरेलु टोली न्युजिल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै पाहुना टोली इंग्ल्यान्डलाई पाँच विकेटले पराजित गरेको हो।

पहिले ब्याटिङ गर्दै इंग्ल्यान्डको टोलिले निर्धारित ५० ओभर पूरा गर्न पनि सकेन। न्यूजील्याण्ड ३६ ओभरमा अल आउट हुँदै १७५ रनमै समेटियो। सुरुवात राम्रो गरे पनि मध्यक्रमका ब्याट्सम्यानहरूले अवसरको सदुपयोग गर्न नसक्दा टोली दबाबमा परेको थियो।

न्युजिल्यान्डका बलर ब्लेयर टिक्नरले ४ विकेट लिए भने नथन स्मिथले २ विकेट हात पारे। दुवै बलरले इंग्ल्यान्डका प्रमुख ब्याट्सम्यानहरूलाई सस्तैमा पवेलियन फर्काएका थिए।

लक्ष्य पछ्याउँदै न्युजिल्यान्डले सहज रूपमा जित हात पार्‍यो। न्यूजिल्याण्डले ३३.१ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । शीर्ष क्रममा खेल्ने ब्याट्सम्यानहरूले संयमी प्रदर्शन गरेपछि जित सहज बनेको हो।

इंग्ल्यान्डका लागि जेमी ओभरटनले ४२ रन बनाए भने अन्य ब्याट्सम्यानहरू दोहोरो अंकमा टिक्न सकेनन्। कमजोर ब्याटिङ प्रदर्शनकै कारण इंग्ल्यान्ड दबाबमा रह्यो र खेल हातबाट गुमायो।

यो हारसँगै न्युजिल्यान्डले तीन खेलको श्रृंखला २–० ले आफ्नो पक्षमा पारेको छ। अब बाँकी खेल औपचारिकता मात्र बनेको छ। इंग्ल्यान्डका लागि भने आगामी खेलमा आत्मविश्वास फर्काउने ठूलो चुनौती रहनेछ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ८ : ३३ बजे

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ