दक्षिण अफ्रिकाका अलराउन्डर वेन पार्नेल जनकपुर बोल्ट्समा आबद्ध « Khabarhub

दक्षिण अफ्रिकाका अलराउन्डर वेन पार्नेल जनकपुर बोल्ट्समा आबद्ध


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अफ्रिकाका अनुभवी अलराउन्डर वेन पार्नेल नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आउने भएका छन्। उनले यस सिजनका लागि जनकपुर बोल्ट्ससँग सम्झौता गरेका हुन्।

जनकपुर बोल्ट्सले बुधबार सामाजिक सञ्जालमार्फत पार्नेललाई टिममा भित्र्याएको घोषणा गरेको हो। ३५ वर्षका पार्नेलले दक्षिण अफ्रिकाका लागि ३६ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले त्यस अवधिमा ५९ विकेट लिएका छन् र ब्याटिङमा ३७४ रन बनाएका छन्।

पार्नेलले टी–२० बाहेक टेस्ट र एकदिवसीय दुवैमा पनि अफ्रिकी टोलीको प्रतिनिधित्व गरिसकेका छन्।अन्तर्राष्ट्रिय क्रिकेटसँगै उनले आईपीएल, बंगलादेश प्रिमियर लिग, द हन्ड्रेड र एसए–टि२० लिग लगायतका चर्चित फ्रेन्चाइज प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गरेका छन्।

उनको आगमनले जनकपुर बोल्ट्सलाई बलियो बनाउने विश्वास गरिएको छ। पार्नेलको अनुभव र आक्रमक शैलीले टोलीको बलिङ तथा ब्याटिङ दुवै विभागमा सन्तुलन ल्याउने अपेक्षा गरिएको छ। जनकपुर बोल्ट्सले अघिल्लो सिजनको एनपीएलको उपाधि जितेको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ९ : १९ बजे

दुई दिने सार्वजनिक बिदाबीच आइतबार पनि स्वास्थ्य सेवा सञ्चालन गर्न मन्त्रालयको आग्रह

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिने सार्वजनिक बिदा लागूको

आशा भोस्लेलाई सम्झिँदै भारतीय दूतावासले भन्यो, ‘दुई देशबीचको सांस्कृतिक सम्बन्धकी सेतु थिइन्’

काठमाडौं- नेपालस्थित भारतीय दूतावासले प्रख्यात गायिका आशा भोस्लेको ९२ वर्षको

आशाका कालजयी गीतमा स्कुले बच्चादेखि वृद्धसम्म ‘छमछमी’

मोहनी लाग्ला है !‘वसन्त नै बस्न खोज्छ यहाँ’‘किन बढ्दैछ ढुकढुकी

उपसभामुखमा जिल्लिएपछि राप्रपा चर्कियो विवाद, नयाँ नेतृत्वका लागि तत्काल महाधिवेशनमा जानुपर्ने माग

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र फागुन २१ गतेको निर्वाचनमा भएको पराजयको

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ, एकैदिन १०१ चालक कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’ का