मधेशका मुख्यमन्त्री सोनलले कात्तिक २२ गते विश्वासको मत लिने « Khabarhub

मधेशका मुख्यमन्त्री सोनलले कात्तिक २२ गते विश्वासको मत लिने


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले कात्तिक २२ गते विश्वासको मत लिने भएका छन्। आज बुधबार साँझ मुख्यमन्त्री निवासमा बसेको सत्तागठबन्धको बैठकले उनले विश्वासको मत लिने मिति तय गरेको हो।

बैठकमा सरकारमा सहभागिताको टुंगो नलगाइसकेका तर विश्वासको मत दिने आश्वासन दिएका एक÷एक सांसद भएका नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीका नेता पनि आज साँझको बैठकमा सहभागी थिए।

गत असोज २९ गते पाँच दलहरु जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा र नेकपा एकीकृत समाजवादी पार्टीका ५६ सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए। मुख्यमन्त्री हुँदा ५६ जनाको समर्थन पाएका उनले विश्वासको मत लिँदा ५८ जनाको मत पाउने सत्तारुढ दलको दाबी छ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नका लागि ५४ मत चाहिन्छ। अहिले यहाँका तीन सांसद विभिन्न मुद्दाका कारण निलम्बनमा छन्। हाल गठबन्धन सरकारलाई जसपा नेपालका १८, लोसपा नेपालका ८, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ गरी ५५ जना सांसदको समर्थन छ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ९ : २४ बजे

पशुपति क्षेत्रमा एक पुरुष मृत फेला

काठमाडौं – काठमाडौं महानगरपालिका–८ स्थित पशुपति बस्तलेश्वर मन्दिर नजिकको सरस्वती

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न

इरानका उच्च कूटनीतिज्ञ अमेरिकासँगको वार्ताका लागि जेनेभा प्रस्थान

तेहरान – इरानका विदेशमन्त्री अब्बास अराघची र उनको वार्ता टोली

प्रचण्डको दाबी : नेकपा पहिलो दल बन्छ

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल

आजका समाचार : एमालेको चुनावी पोस्टरमा छैनन् ओली, कांग्रेस-एमालेसँग मिल्ने प्रचण्डको संकेत, रिहा भए प्रसाई र संसद्‍मा ट्रम्पले सुनाए उपलब्धि

निर्वाचनका क्रममा घाइते सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्नेप्रतिनिधिसभा निर्वाचनका क्रममा